शिबराज पन्थी,गढवा
भदौ ५/  बुधवार गढवाको भालुदोन्द्रे खोलामा खहरे उर्लिदा ठूलै भेल आयो, उता दंगालीछाप खोलामा पनि बर्षातका कारण ठूलै भेल उर्लियो । गढवा–५ स्थित चैनपुर माध्यमिक विद्यालयमा पढ्न आउने बिद्यार्थीहरुलाई खोलाले छेक्यो ।

बुुधवार बिहान ९ बजे बिद्यालयमा पढ्न आएका गढवा ५ लोखरपुुरका शर्मिला चौधरी,सन्देश चौधरी, मगहर गाउँका बिसराम चौधरी,सन्तोष चौधरी र एलिस चौधरीले खोला तर्न नसकेर खोलाबाटै घरमा फर्किएको बताए ।

बिद्यालयमा पढ्न आएका गढवा ४ कटेयानगाउँका करुणा चौधरी,मगहरकी पूजा चौधर िर गढवा ५ लालपुुर र पर्सियाका अजय तथा महेश चौधरी पनि दंगालीखोला तर्न नसकेर घरमा फर्किए ।


ADVERTISEMENT

   


उनिहरु जस्तै गढवा ५ र ४ का लोखरपुुर,मगहर,लालपुुर,पर्सिया र कटेयानगाउँ गरि ५ गाउँका सयौ बिद्यार्थीहरु बुधवार भालुदोन्द्रे र दंगाली खोलामा आएको भेल तर्न नसकेर खोलाबाटै घरमा फर्किएको बिद्यालयका प्रधानाध्यापक बिष्णु कुमाल चौधरीले बताएका छन ।

गढवा गाउँपालिका वडा नं. ५ स्थित माध्यमिक विद्यालय चैनपुुरमा अध्ययनरत बिद्यार्थीहरुलाई खोलामा पुुल नहुुदा निकै सास्ती भएको शिक्षकहरुको गुुनासो रहेको छ । विद्यालयको पुर्वतर्फ रहेको भालुदोन्द्र खोलामा पुल नै नहुदा बर्षातको बेला खोलाको ढिकमा आएर बिद्यार्थी घरमा फर्किने गरेको विद्यालयका प्रधानाध्यापक बिष्णु कुमाल चौधरीले बताएका छन ।

एता विद्यालयको उत्तरतर्फ रहेको दंगालीछाप कुलोमा भालुुदोन्द्र खोलो मिसिदा ठूलै भेल आउँछ ,खोलामा एउटा सानो पानी सिंचाइगर्न बनाइएको डुुँडपुल त छ तर पुुर्वतर्फको भागबाट बिद्यार्थी आवत जावत नै गर्न नसक्ने गरि खोलोले भत्काएकाएर ठूलै खाडल बनाएको छ ।

पटक पटक वडा कार्यालय र गाउँपालिकामा धायौं तर ह–ह भनेर टार्नेमात्र काम भयो, समस्या समाधान गर्नेतर्फ कसैको पनि चाँसो देखिएन–बिद्यालयका सहायक प्रधानाध्यापक सुरज शर्माले भने ।

बिकासका लागि गाउँपालिका र वडामा थुपै्र बजेट आउँछ तर सानो कामकोलागि थोरै रकम पनि लगानी गर्न नसकेर बर्षात्मा बिद्यार्थीलाई ठूलै सास्ती ब्यहोर्नुपरेको छ,उनले भने ।

एता गाउँपालिकाले भने यसबर्षको रकम सबै खर्च भै सकेकोले चालुु आर्थिक बर्षमा भालुुदोन्द्रे खोलामा नयाँ पुुल र दंगालीछाप खोलामा रहेको पुुलको पुर्वतर्फको भाग मर्मत गरेर बिद्यार्थीहरुलाई सहज ढंगले बिद्यालयमा आवत जावत गर्न सकिने ब्यवस्था गर्ने योजना रहेको अध्यक्ष सहजराम यादवले बताएका छन ।

प्रतिकृया

प्रतिकृया