तुलसीपुर,
१७-भदौ /  दाङमा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ ।

घर निर्माण गर्ने क्रममा लमही नगरपालिका वडा नं. ६ देउपुर निवासी ३० बर्षीय जीवन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

लमही नगरपालिका वडा नम्बर ६ देउपुर निवासी एनुका पुनको घर निर्माण गर्ने क्रममा मंगलबार पौने १ बजेतिर करेन्ट लाग्दा गम्भीर घाईते भएका चौधरीको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक बिनोदबिक्रम शाहले जानकारी दिए ।


ADVERTISEMENT

   


करेन्ट लाग्दा एकतला तल खस्न पुगेका थिए ।

प्रतिकृया

प्रतिकृया