घोराही
२० भदौ/ दाङमा बढ्दो सवारी दुर्घटनालाई न्यूनिकरण गर्न स्थानिय प्रशासन नै सडक मर्मतमा लागेको छ ।

निजामती सेवा दिवसका अबसरमा देउखुरीको पूर्बपश्चिम सडक खण्डमा परेका खाडलहरु सुरक्षाकर्मी, निजामती कर्मचारी र स्थानिय सरकारले पुगेर सहज आवागमनमा जुटेका छन् ।

जिल्लामा सवारी दुर्घटनामा धेरै पूर्ब पश्चिम सडक खण्डमा हुदै आएको र सडकमा खाल्डैखाल्डा परेका कारण निम्तिएको जोखिमलाई हटाउन सडक मर्मतमा जुटेका हुन् ।


ADVERTISEMENT

   


प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजाल नै आज सडक मर्मतमा खटिनुभएको छ । लमहीको अर्जुनखोला देखी सुन्डबरी सम्मको करिब ८ किलोमिटर सडकमा परेका खाल्डाहरु पुरिएको छ ।

नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, ट्राफिक प्रहरी, निजामती कर्मचारी, लमही नगरपालिका र सडक कार्यालय मिलेर सडकलाई सुरक्षित बनाउन थालेको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिनुभयो । खोलाको मिस्कट कंक्रिट ति खाडलहरुमा हाल्ने र लोडरले च्याप्ने गरिएको छ ।

निकै पुरानो उक्त सडकको कालोपत्रे उप्कीदै गएपछि टालटुल पार्ने मात्रै गर्दा अत्यधिक दुर्घटना हुदै आएको छ । मर्मत गरिए पनि गुणस्तरीय नहुदा दुई चार महिना मै सडक खाल्डोमा परिणत भएको छ ।

दाङ देखी पश्चिमका पूर्व जाने सबै गाडीहरु चल्ने उक्त सडकको अबस्था टिकाउ नहुदा दैनिक दुर्घटना र मानबिय क्षति हुदै आएको छ । यस अघि हिजो राप्ती गाउँपालिकाको पाखापानी देखी लालमटीया सम्मको सडकका खाल्डाहरु पुरिएको थियो ।।

प्रतिकृया

प्रतिकृया