घोराही
२० भदौ/ राष्ट्रिय सुरक्षा परिषद् काठमाडौबाट दाङमा सुरुवा भएर आएका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनक भट्टराईले शान्ति सुरक्षा र अपराध नियन्त्रण नै केन्द्रमा राखेर काम गर्ने बताएका छन् ।

सरुवा भएर आएको दुई दिनमा शुक्रबार पत्रकारहरुसँग परिचयात्मक कार्यक्रम गर्दै प्रहरी प्रमुख भटराईले सबै क्षेत्रको सहयोगले नै प्रहरी सफल हुने बताए । प्रहरी निष्पक्ष भएर काम गर्न र जनतालाई प्रहरी छ भन्ने महशुस गराउन आफु प्रतिबद्ध रहेको समेत स्पष्ट पारे ।

दाङलाई शान्त बनाउन प्रहरीले मात्रै नसक्ने भन्दै सामाजिक सबै क्षेत्रको सहयोग आबस्यक रहने उल्लेख गरे । सञ्चार क्षेत्रलाई सहज ढंगले सूचना प्रबाह गर्ने र सञ्चार क्षेत्रले पनि शान्ति कामयमा सकारात्मक भूमिका खेल्ने अपेक्षा व्यक्त गरे ।


ADVERTISEMENT

   


कुनै पनि अपराधमा दोषि उम्कन नपाउने र निर्दोष फस्ने बाताबरण नहुने समेत बताए । कार्यक्रममा पत्रकारहरुको तर्फबाट पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य अजयदिप शर्मा, निबर्तमान शाखा अध्यक्ष सुदिप गौतम, र शाखाका बर्तमान सचिब भुपेन्द्र वलीले सञ्चार क्षेत्रलाई सहज सूचना र सञ्चार मैत्री व्यवहारलाई कार्यान्वयन गर्न सुझाब दिए ।

प्रतिकृया

प्रतिकृया