घोराही
२२ भदौ/
शिक्षालाई सिप र आयमूलक व्यवसाय सँग जोड्ने गरी रुपान्तरण गर्न आबस्यक रहेको एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् ।

घोराही उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाले आयोजना गरेको ४० औँ राष्ट्रिय शिक्षा दिवस एवं ५३ औँ अन्तराष्ट्रिय साक्षरता दिवसको कार्यक्रममा बक्ताहरुले शिक्षालाई रोजगारी सँग जोड्न आबस्यक रहेकोमा जोड दिएका हुन् ।

खस्कीदो शिक्षा प्रणाली र अव्यवहारीक शिक्षण सिकाईका बारेमा गम्भिर समिक्षा गर्न आबस्यक रहेको बक्ताहरुको भनाई छ । सरकारले गर्दै आएको लगानी अनुसारको शिक्षामा प्रतिफल देखिन नसकेको भन्दै बक्ताहरुले अब सिप र रोजगारलाई केन्द्रमा राखेर शिक्षण सिकाईलाई अघि बढाउनुको विकल्प नरहेको उनिहरुको निष्कर्ष छ ।

ADVERTISEMENT


  


 


उपमहानगरको सामाजिक विकास समितिका संयोजक भरतमणि अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा उपमहानगरका उपप्रमुख सीता सिग्देल न्यौपानेले नगरको शिक्षालाई गुणस्तरीय बनाउन बालविकास बाटै सुधारको काम थालिएको बताएका छन ।

विद्यार्थीको आधारभूत तहबाटै बालबालिकामा पढ्ने बानीको विकास, सिकाईमा गुणस्तरीयता र सिपयुक्त शिक्षालाई अनिबार्य बनाउने गरी उपमहानगरले योजना लागु गरेको जानकारी दिएका छन । साथै विद्यार्थीले पढाई सँगै सिप र ज्ञानको विकास गरी पढाई सकिदा रोजगारमा जोडिने गरी विभिन्न प्राबिधिक धारका पढाई सञ्चालनमा उपमहानगरले सहजिकरण गरिरहेको उल्लेख गर्नुभयो ।

साथै कार्यक्रममा ‘हामी सबैको प्रण ः सार्वजनिक शिक्षा प्रणाली सवलीकरण’ विषयक वक्तृत्वकला प्रतियोगिता समेत गरिएको छ । नगर भित्रका सामुदायिक र निजि गरि ८ विद्यालयका विद्यार्थीहरु प्रतियोगितामा सहभागि भएका थिए ।

प्रतियोगितामा पद्मोदय पब्लिक नमुना माध्यामीक विद्यालयका ममता केसी प्रथम, गोरर्खा माविका लक्ष्मी भुसाल द्धितीय, माध्यामीक विद्यालय गोग्लीका पुजा पाण्डेय तितृय भएकी थिईन् भने गंगा माध्यामीक विद्यालयका विमला पौडेल सान्तोना हुनुभएको छ ।

प्रतियोगितामा विजयी हुनेहरुलाई क्रमश ६ हजार, ४ हजार, ३ हजार र १५ सय रुपैयाँ सहित प्रमाण पत्र प्राप्त गरेका छन् । प्रतियोगिताको निर्णायकमा महेन्द्र बहुमुखी क्याम्पसका सह–प्रध्यापक सुन्दर गौतम, राप्ती पोष्ट दैनिकमा सम्पादक शरद अधिकारी र योग प्रशिक्षक रविन्द्र बस्नेत रहेका थिए ।

प्रतिकृया

प्रतिकृया