शुसिला वली

२००० सालको कुरा हो । जतिबेला घोराही बजार एकदमै सानो र सीमित पसलहरु थिए । गाउँ–गाउँमा सडक पुगेको थिएन् ।

बजार आउदा हिडेर आउनु पथ्र्यो । त्यतिबेला घोरााहीमा गणेश मन्दिरदेखि शुरु भएको बजार नेपाल वैङ्कसम्ममा एकदमै कम रुपमा पसलहरु थिए । दुई तिरको लाईनमा गरेर जम्मा १५ देखि १६ वटा घरहरु अट्ने ठाउँमात्रै देखिन्थ्यो । त्यसमा प्रमुख बजारका रुपमा कपडाका पसल थिए । भने अन्य वाँकी किराना पसल सञ्लानमा रहेका थिए ।

बाटोको छेउमा नहर भएको हुँदा मानिसलाई हिड्न समेत समस्या हुने गथ्र्यो । त्यो समयको पसलमा प्रायः पाईने भनेको सुपारी, गडि, छोडा, रङ तथा ककड् चिलम पाईने गथ्र्यो । अन्यको रुपमा दाल, चामल त कहि कतै मात्रै किन्न सकिन्थ्यो । सामान्य रुपमा बजारमा सञ्चालनमा थियो । जनसंख्या पनि थोरै थियो । बजार विस्तारले तीव्रता लिन सकेको अबस्था थिएन् ।

रोल्पाबाट विभिन्न औषधीजन्य वस्तुहरु घोराही बजारसम्म बेच्न ल्याउँने गर्दथे । पहिले मानिसहरु किनमेलका लागि कोईलाबाससम्म पुग्नुपर्ने बाध्यता थियो । नुन, तेल, मेटितेल, सावुन सरफ लिन पनि उतै जानुपर्ने बाध्यता थियो ।

गोग्लीमा २÷३ वटा पसल थिए, भने मानपुरमा केही पसल सञ्चालनमा आएका थिए । त्यो भन्दा अन्य स्थानमा बजार बसेको थिएन् । पछि क्रमशः विकासले गति लिदै गर्दा बजार पविर्तन गएको हो । २००४ साल पछि बजार विस्तारै परिवर्तन गयो ।

त्यसपछि पुलिस ठाना आयो । त्यसपछि अदालत अनमी अड्डा आयो । त्यसले मुद्धा मामिला हेर्ने गर्दथ्यो । केही समयपछि वन अड्डा भन्ने आयो । अहिलेको नेपाल बैङ्क रोडबाट वर्षाको समयमा चप्पल हातमा बोकेर हिडनु पर्ने अवस्था थियो । जहातहिँ पानिको पोखरी जस्तै थियो । त्यो समयमा जग्गाको भाउ समेत एकदम सस्तो रहेको थियो ।

जतिबेला ७ सय विघा कठ्ठा थियो । त्यसपछि पञ्चायत आयो । २००७ सालपछि अन्य कार्यालय पनि स्थापीत हुन थाले । घोराहीमै महेन्द्र अस्पताल तथा पद्मोदय स्कुल सञ्चालनमा आयो । गाउँ–ठाउँबाट विद्यार्थी उत्पादन हुने अवसर पाए । क्रमसः बजारको विकासले गति लिएको हो ।

२०१८÷०१९ सालमा मात्र होटेल सञ्चालनमा आएका हुन् । त्यसपछि अन्य ठाउँबाट आवातजावत गर्ने नागरीकहरुका लागि खाना बस्नका लागि सहज भएको थियो । त्यसपछि जनसङख्या वृद्धिसंगै विकासले गति लिदै आएको छ । विस्तारै र त्यो समयमा धेरै हरेक शेवा सुविधाबाट वञ्चित हुनुपर्ने अवस्था थियो । अहिले घोराही बजारले ठूलो फड्को मारेको छ । हरेक विकास निमार्णदेखि लिएर सबै कुराको सेवा सुविधा अगाडि बढेका थिए ।

घोराही उपमहानगरपालिका (तत्कालिन त्रिभुवन नगरपालिका) २०३५ साल माघ १५ गते घोषणा भएको हो । तत्कालीन घोराही गाउँ पञ्चायत र सेवार वनगाउँ गाउँ पञ्चायतको पूरै भू–भाग तथा हरिद्वार गाउँ पञ्चायत र रावतगाउँ गाउँ पञ्चायतको धेरै जसो भू–भाग समेटेर कुल ११ वटा वडाको वर्गीकरण गरी उक्त नगर पञ्चायत नामाकरण गरिएको हो ।

नगरपालिका स्थापना भए यता विभिन्न व्यक्तिले नगरपालिकाको नेतृत्व लिइसकेका छन् । ती मध्ये तत्कालीन त्रिभुवन नगर पञ्चायतका प्रथम प्रधानपञ्च गजराज शर्मा हुन् । भने उपप्रधानपञ्चमा अशोक चौधरी र रामशरण थापा हुन् । संस्थापक प्रधानपञ्च शर्माले दुई पटकसम्म नगर नेतृत्व प्रदान गरिसकेका छन् ।

यसैगरी यज्ञबहादुर बुढाथोकी, शर्मापछिका तत्कालीन प्रधानपञ्च हुन भने तोरणध्वज श्रेष्ठ उपप्रधानपञ्च हुन् । मुलुकमा प्रजातन्त्र पुनस्थापना भएपछि पुन २०४९ मा यज्ञबहादुर बुढाथोकी र अर्जुनकुमार श्रेष्ठले प्रमुख÷उपप्रमुखको नेतृत्व सम्हाले । त्यसपछि २०५४ मा अमर डाँगी र दामोदर अधिकारीले प्रमुख÷उपप्रमुख पदको नेतृत्व गरेको पाइन्छ । यसैगरी मनोनित नगर प्रमुख बलि राना र उपप्रमुख गणेशप्रसाद श्रेष्ठले पनि नगर नेतृत्व सम्हालेको पाइन्छ ।

आकर्षण

प्रशिद्ध तिर्थस्थल स्वर्गद्वारी जाने आउने श्रद्धालुहरूको यातायात तथा बाँसस्थानको मुख्य केन्द्र पनि रहेको छ । घोराही भित्रैकै गोरक्ष रत्ननाथ मन्दिर, चौघेरा, अम्विकेश्वरी भगवती मन्दिर, बाह्रकुने दह, गणेश मन्दिर, सिरडी साई मन्दिर रहेका छन् । त्यसैगरी नगरको मुटुमै रहेको त्रिभुवन पार्क तथा अम्विकेश्वरी पार्क प्रकृतीक सुन्दरता अन्तर्गत पर्दछन् ।

घोराही दाङ जिल्लाको सदरमुकाम घोराही बजारभित्र रहेको हँुदा रूकुम, रोल्पा, सल्यान र प्यूठानको प्रमुख व्यापारिक केन्द्रको रूपमा मानिन्छ । घोराही भित्र बराहक्षेत्र, अम्बिकेश्वरी भगवती र गोरक्षनाथ, गणेश, सिराडीसाह मन्दिर र सत्यसाइ केन्द्र जस्ता मठ मन्दिर छन् ।

(वरिष्ठ पत्रकार ८९ वर्षीय नारायणप्रसाद शर्मा संग गरिएको कुराकानीका आधारमा तयार पारिएको सामग्री )

प्रतिकृया

प्रतिकृया