घोराही
२३ भदौ/ तत्कालिन वेयष्टर्न डेभलपमेन्ट बैंक नारायणपुर शाखाबाट भएको झण्डै १८ करोड रुपैयाँ हिनामिनामा प्रकरणमा पक्राउ परेका मध्य तीन जना छुटेका छन् ।

शाखा प्रमुख समिर बुढाथोकीले खातावाल सेवाग्राहीको कागजातको दुरुपयोग गरी नक्कली ढंगबाट लोन निकालेर १७ करोड ९९ लाख ९० हजार रुपैयाँ हिनामिना गरेका छन् । भदौ पहिलो साता पक्राउ परेका ११ जना खातावाल मध्य तीन जनालाई आज प्रहरीले छोडेको हो ।

अनुसन्धानका क्रममा निर्दोष पाईएपछि बोलाएको समयमा प्रहरी कार्यालयमा जाने गरी उज्ज्वल आचार्य, बसन्त पौडेल र टोपेन्द्र पोख्रेललाई छोडिएको जिल्ला प्रहरी कार्यालय दाङका अपराध अनुसन्धान अधिकृत प्रहरी निरिक्षक राजनकुमार गौतमले जानकारी दिएका छन ।


ADVERTISEMENT

   


शाखा प्रमुख बुढाथोकीले कागजातको दुरुपयोग गरी खातावाल व्यक्तिहरुको नाममा रकम निकालेको देखिएको छ । तर पक्राउ परेका खातावालहरुले भने आफुहरुलाई अनाहकमा फसाईएको बताएका छन् । बैंकका शाखा प्रमुख सहित बैंकको केन्द्रिय कार्यालयका कर्मचारीहरुको मिलेमतोमा रकम हिनामिना गर्ने तर सेवाग्राहीलाई हिरासतमा पु¥याएर मानसिक र सामाजिक तनाब दिएको भन्दै गुनासो गरेका छन् ।

प्रहरीले अदालतबाट रकम हिनामिनामा ४९ जना खातावाल व्यक्तिहरुको नाममा पक्राउ पूर्जी समेत पाएको छ । अहिले प्रहरी हिरासतमा शाखा प्रमुख बुढाथोकी र अन्य ८ जना सेवाग्राही छन् । प्रहरीले केही खातावाल व्यक्तिहरुको समेत रकम हिनामिनामा संलग्नता देखिएको दावि गर्दैआएको छ ।

तर रकम तत्कालिन वेयष्टर्न बैंकका उच्च तहका कर्मचारीलाई पक्राउ नगरी खातावाललाई पक्राउ गरेको प्रति भने अनुसन्धानको प्रकृया उल्टो भएको नागरिकहरुले बताएका छन् । घटनाको दाङ प्रहरी सहित नेपाल राष्ट्र बैंक र सिआईबीले समेत अनुसन्धान गरिरहेको छ । गएको असार अन्त्यमा वेयष्टर्न बैंक देवः विकास बैंैकमा गाभिएपछि रकम हिनामिनाको घटना बाहिर आएको हो ।

प्रतिकृया

प्रतिकृया