अञ्जना चौधरी,तुलसीपुर
२४ भदौ/ नेपालमा आर्थिक बर्ष २०७५:७६ मा ५ हजार चारसय १३ जनाले आत्महत्या गरेको तथ्याङकमा छ ।

आत्म हत्या रोमथाम सबैको सहकार्य भन्ने नाराका साथ तुलसीपुर उपमहानगरपालिका र ओरेक नेपालले सयुक्त रुपमा तुलसीपुरमा आयोजना गरेको १७ औ आत्म हत्या रोकथाम कार्यक्रममा सरोकारवालाहरुको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रममा यस्तो तथ्याङक प्रस्तुत गरिएको हो ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख डा गोकर्ण दाहालले प्रहरीको तथ्याङक अनुसार दाङमा गत बर्षमा मात्रै आत्महत्याका कारण २०९ जनाले ज्यान गुमाएको जानकारी दिए ।


ADVERTISEMENT

   


जसमा झुन्डियर आत्महत्या गर्ने ६३.०६ प्रतिशत,बिष सेवन गरि ३६.१३ जनाले आत्म हत्या गरेको उनले बताए । आत्महत्या गर्नेमा जनजाती समुदायका ७४,दलित ५६,क्षेत्री ३७,ब्राम्हण ३० र मुस्लिम १२ जना रहेका छन । त्यसैमा पनि गरिवका कारण ९७,मानसिक समस्या ४८,प्रेममा असफल १८ र करेलु हिंसाका कारण ११ जनाले आत्म हत्या गरेको तथ्याङक छ ।

नेपालमा बिष बर्षमा आत्म हत्याका घटनाहरु बढ्दै गएको डा. दाहालले बताए । वैदेशिक रोजगारकाम कारण विखन्डन, पारिवारीक असम्नि महत्वकाक्षि पारिवारिक योजना बढ्दो सामाजिक संजाल कारण पनि आत्म हत्याका घटना बढ्दै गएको पाईन्छ ।

यसैविच आत्महत्या रोकथामका लागी सबै सरोकार वालाहरु लाग्नु पर्ने कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका थिए । उनिहरुले कतिपय आत्महत्य घटना संचार माध्यमहरु आएको गलत सुचनाले गर्दा पनि हुने भएकाले सत्य तथ्य बुझेर मात्रै सुचना समाचार प्रकाशन प्रसारण गर्नु पर्ने बताएका थिए ।

कार्यक्रमा बोल्दै प्रमुख अतिथी तथा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले तुलसीपुर उपमहानगरपालिकाको मुख ताक्नु भन्दा पनि सबै संघ सस्था स्थानिय निकाय पत्रकार सरोकारवालाहरु सबै मिलेर आत्महत्या रोकथाममा लाग्नु पर्ने बताईन ।

त्यसका लागी तुलसीपुरका १९ वटै वडामा सचेतना फैलाउने काम गर्न आग्रह गरिन । आत्महत्या आफुबाट पनि हुनसक्ने भन्दै कसैको भित्रि आसय नबुझेर वेवास्ता गर्नु भन्दा नजि गएर वेदना बुझ्नु पर्ने बताईन ।

कार्यक्रममा तुलसीपुर दुईका वडाअध्यक्ष राजु आचार्य,१८ का अध्यक्ष माधव वलि,हुमा डिसी,झरेन्द्र खरेल,भाष्कर गौतमलगायतले बोलेका थिए । कार्यक्रम ओरेक नेपालकी ईश्वरी थापाले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया