तुलसीपुर
२४ भदौ/ दाङको घोराही उपमहानगरपालिका वडा नं. १० नाराणपुरस्थित देवः विकास बैंकको झन्डै रु १८ करोड रकम हिनामिना गरेको आशंकामा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार उनीहरुको नाम भने गोप्य राखिएको छ ।

प्रहरीले बैंकको रकम हिनामिना गरेको आरोपमा प्रहरीले यसअघि नै बैंकका प्रबन्धक समी बुढाथोकीसहित १२ जनालाई पक्राउ गरेको थियो । तीमध्ये चार जना छुटिसकेका छन्, अन्य हिरासतमै छन् । 


ADVERTISEMENT

   


प्रतिकृया

प्रतिकृया