तुलसीपुर,
२४-भदौ /  दाङमा रुखले च्याप्दा एक बालकको मृत्यु भएको छ । विद्यालयबाट घर फर्कदै गरेका बंगलाचुली गाउँपालिका वडा न. ६ सोतीटाला निवासी १० बर्षीय सुजन खत्रीको मृत्यु भएको हो ।

मंगलबार ४ बजेतिर रुख ढलेर च्याप्दा खत्रीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक बिनोदबिक्रम शाहले बताए । साथै उक्त घटनाा अर्का एक वालक घाईते भएका छन् ।

घाईते भएका सोही ठाउँ निवासी ९ बर्षीय तिलक खत्रीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको प्रहरीले बताएको छ ।


ADVERTISEMENT

   


प्रतिकृया

प्रतिकृया