आशिष केसी,तुलसीपुर
२७-भदौ / दाङको तुलसीपुर उपमहानगरपालिकाले गएको बर्ष ९८ प्रतिशत भौतिक प्रगति गरेको छ । गएको आर्थिक बर्ष २०७५÷०७६ मा ९८.४७ प्रतिशत भौतिक प्रगति भएको सूचना अधिकारी झरेन्द्र खरेलले बताए । उनका अनुसार जम्मा एकहजार ४५ आयोजनामध्ये एकहजार २९ आयोजनाको काम पूरा भएको हो ।

जसका लागि छुट्याएको ५० करोड ४९ हजार एकसय ३९ रुपैँयामध्ये ४० करोड ६३ लाख ७७ हजार १९ रकम भुक्तानी भईसकेको छ । उनका अनुसार जम्मा तीनसय ३१ वटा सडकमध्ये तीनसय २२ वटा आयोजना पूरा भएको छ ।

सडकका लागि २४ करोड ५७ लाख ९५ हजार ९ सय रकम छुट्याएकोमा १८ करोड ९७ लाख ३० हजार ६ सय ९९ रुपँैया रकम भुक्तानी भएको छ । त्यस्तै सिंचाई तर्फ एकसय ५६ वटा आयोजनामध्ये एकसय ५२ वटा आयोजना पूरा भएका थिए । जसमा चारकरोड ५६ लाख ४१ हजार ५ सय ८२ रकममध्ये ४ करोड ३३ लाख २६ हजार ९ सय ७८ रुपैँया भुक्तानी भएको छ ।


ADVERTISEMENT

   


त्यसैगरी खानेपानीतर्फ ८८ वटा आयोजनामध्ये ८७ वटा आयोजना पुरा भएको छन् । जसका लागि ५ करोड ८६ लाख ९६ हजार ५ सय ३ रुपँैया छुट्याएकोमा २ करोड ९१ लाख २० हजार ६ सय ७५ रुपैँया रकम भुक्तानी भईसकेको छ ।

त्यस्तै भवन तर्फ एकसय ६२ वटा आयोजनामध्ये, एकसय ६० वटा आयोजना पूरा भईसकेको छन् । जसका लागि ९ करोड २९ लाख ३७ हजार ९ सय २२ रुपैँया अनुदान रकम मध्ये ८ करोड ७९ लाख ८८ हजार ६ सय १८ रुपैँया भुक्तानी भएको छ । त्यस्तै अन्य कार्यक्रम तर्फ तीनसय ८ वटा योजनामध्ये सबै सम्पन्न भएको उनले बताए । जसमा ५ करोड ६९ लाख, ७७ हजार २ सय ३२ रुपैयाँ अनुदान मध्ये ५ करोड ६२ लाख १० हजार ४९ रुपैँया भुक्तानी भएको हो ।

प्रतिकृया

प्रतिकृया