घोराही,
२७-भदौ / दाङमा डेंगु रोगको संक्रमण बढ्दै गएको छ । जनस्वास्थ्य कार्यालय दाङका अनुसार यसबर्ष जिल्लामा ४२ जनामा डेंगु रोगको संक्रमण देखिएको छ । जस्मा २४ पुरुष र १८ महिला हरेको जनस्वास्थ्य कार्यालयका फोकल पर्सन कमल चन्दले जानकारी दिए ।

घोराही, उपमहानगरपालिका, लमही नगरपालिका र बबई गाउँपालिकामा डेंगुका संक्रमितहरु भेटिएका छन् । लामखुट्टेको टोकाईबाट लाग्ने डेंगु नियन्त्रणका लागि प्रयास भए पनि विरामीको संख्या बढ्दै जान लागेको छ ।

डेंगु रोग नियन्त्रणका लागि लामखुट्टेको बासस्थानलाई नै खोज्ने र नष्ट गर्ने उत्तम बिकल्प हुने चन्दको भनाई छ । लामखुट्टेको टोकाईबाट बच्ने र लार्भा तथा अण्डालाई नष्ट गर्ने अभियान चलाउन आबस्यक देखिएको उनले बताए ।


ADVERTISEMENT

   


डेंगु रोगको लक्षणहरुमा उच्च ज्वरो आउने, शरिरमा बिबिरा आउने, टाउको तथा आँखाका नानीहरु दुख्ने, बिबिरा आएको स्थानबाट रगत बग्ने र आलस्य हुने चिकित्सकहरुको भनाई छ । यस्ता कुनै पनि लक्षण देखिना साथ स्वास्थ्य सस्थामा पुगेर उपचार उराउनु पर्ने फोकल पर्सन चन्दले बताए ।

घोराहीका वडाहरुमा सचेतना

डेंगु रोग नियन्त्रणका लागि घोराही उपमहानगरले वडाहरुमा सचेतना कार्यक्रमलाई जारी राखेको छ । यसैक्रममा शुक्रवार पनि वडा नम्बर १४, १६ र १७ मा सचेतनाका कार्यक्रमहरु भएका छन् । वडा नम्बर १४ ले प्रावि बालमन्दिरका शिक्षक बिद्यार्थीहरुलाई डेंगुको बारेमा जानकारी दिएको छ । लामखुट्टेका टोकाईबाट बच्ने र लामखुट्टेको बासस्थानलाई नष्ट गर्ने तरिकाका बारेमा सिकाईएको हो ।

यसैगरी वडा नम्बर १६ को जनकपुर टोलमा टोलबासीहरुलाई डेंगुका बारेमा जानकारी दिइएको छ । उता वडा नम्बर १७ ले पनि घनिबगिया गाउँमा सचेतना मूलक कार्यक्रम गरेको छ । मुख्यगरी लामखुट्टेको टोकाईबाट बच्ने र पानी जम्ने ठाउँहरु पुर्नुका साथै भाँडाहरुमा समेत खुल्लारुपमा पनि नराख्ने नागरिकहरुलाई सचेत पारिएको छ ।

प्रतिकृया

प्रतिकृया