घोराही,
२७-भदौ  /  नेपाली कांग्रेसका सभापती सेरबहादुर देउवाले पार्टीका बाँके सभापती माथी भएको आक्रमणको घटनालाई संसदमा लैजाने बताएका छन ।

आज घोराहीमा विपी कोईरालाको शालिक अनाबरण पछिको कार्यक्रमलाई सम्बोधन गर्दै सभापती देउवाले बाँकेका सभापती किरण कोईराला माथी हिजो भएको आक्रमणको विषयलाई संसदमा लैजाने बताए ।

पार्टीको जागरण अभियानका क्रममा बाँकेको खजुरा नागपालिका २ सीतापुरमा हिजो भएको कार्यक्रम नेकपाका कार्यकर्ताले बिथोल्न खोज्दा भएको झडमा सभापति कोइरालाको हात भाँच्चिएको भन्दै उनले दोषी माथी कार्वाही नभए सम्म संसद चल्न नदिने चेतावनी समेत दिए ।


ADVERTISEMENT

   


प्रतिपक्ष दलको नेता समेत रहेका सभापति देउबाले दोषिलाई तत्काल पक्राउ गरी कानुनी दायमा ल्याई बढ्दो अराजकतालाई रोक्न समेत सरकारलाई आग्रह गरे  ।

सभापती देउवाले पार्टीलाई भावनात्मक रुपमै एक ढिक्का बनाउने गरी जागरण अभियानलाई सदुपयोग गर्न कार्यकर्ताहरुलाई निर्देशन दिए । सरकारलाई खबरदारी र पार्टी भित्र आन्तरीक तथा बाह्यरुपमा एकता भएर अघि बढ्न उनले निर्देशन दिए ।

नेपाली कांग्रेस दाङका सभापति किर्तीबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य दिपक गिरी, किशोरसिंह राठौर, शिला खड्कालगायतका नेताहरुले पार्टी भित्रको गुटउपगुटको संस्कारलाई त्याग्न सुझाब दिनएका छन् । अरुको कारणले भन्दा पनि आफ्नै कारणले गर्दा कांग्रेस कमजोर हुन गएको भन्दै नेताबाटै सुधारको आबस्यक रहेको बताउका छन् ।

उपसभापति कमानसिंह भारतीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिब शंकर डाँगीले गर्नुभएको थियो । सभापती आज तुलसीपुरमा बस्ने र भोली तुलसीपुरमा विपीको शालिक अनाबरण गर्ने कार्यक्रम रहेको छ ।

प्रतिकृया

प्रतिकृया