घोराही,
२७-भदौ /  दाङका तीन वटा पालिकालाई मौरी जोन घोषणा गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाई दाङले घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र बंगलाचुली गाउँपालिकालाई मौरी जोन क्षेत्र घोषणा गरेको हो ।

परियोजना इकाईले आज घोराहीमा कार्यक्रमको आयोजना गरि २० वटा घार भन्दा धेरै आधुनिक मौरी पालन गर्दै आएका किसानहरुलाई मौरी जोनमा आबद्ध गर्ने निर्णय भएको छ ।

परियोजना ईकाई प्रमुख महेश रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा जोन क्षेत्र निर्धारण सिफारीस समितिले प्रस्तुत गरेको मौरी पालनको अबस्थालाई आधार मानी तीन पालिकालाई मौरी जोन क्षेत्र घोषणा गरिएको हो ।

घोराही उपमहानगर भित्र १ सय ५४ जना किसानले ७ हजार ६ सय ८० घार मेलिफेरा र २ सय घार सेरेना जातका माहुरी पाल्दै आएको ईकाईले जनाएको छ ।


ADVERTISEMENT

   


कार्यक्रममा माहुरी पालक किसान महासंघका प्रदेश अध्यक्ष रामहरी शर्माले मौरी पालनमा सरकारले गर्दै आएको लगानीले किसानहरु उत्साहित भएको बताए । राज्यको लगानी सँगै माहुरीको सुरक्षामा समेत सरकारले विषेश चासो दिनुपर्ने उनको माग छ ।

त्यसैगरी जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपाली, घोराही उपमहामनगरका प्रमुख नरुलाल चौधरी, प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजाल र कृषि ज्ञान केन्द्रका प्रमुख कृष्णबहादुर बस्नेतले सरकारले गरेको लगानी अनुरुप मौरी पालन व्यवसायमा परिबर्तन आउनुपर्ने बताए ।

साथै रोजगारी सृजना, गुणस्तरीय मह उत्पादन तथा उत्पादनमा बृद्धी ल्याउनु पर्नेमा जोड दिए । मौरी पालनले तोरी खेतीमा समेत प्रोत्साहन गरेको उनिहरुको भनाई छ । कार्यक्रमको सहजिकरण परियोजना इकाईका अधिकृत कुसुम भुसालले गरेका थिए  ।

प्रतिकृया

प्रतिकृया