गढवा खानेपानीको बार्षिक भेला
शिबराज पन्थी,देउखुरी
३ असोज /बिहीबार एक कार्यक्रमका विच गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले नेपाल रेडक्रस सोसाइटी उपशाखा गढवाको प्रांगणमा खानेपानीको मिटर जडान सहितको धारा उद्घाटन गरेका छन ।

गढवा खानेपानी संस्थाको बार्षिक उपभोक्ता भेलाको धारा खोलेर उद्घाटन गरिएको हो । नागरिकलाई स्वच्छ र सुुद्ध खानेपानी उपलब्ध गराउन गढवा खानेपानी संस्थाले गाउँपालिकासंग समन्वय गरेर सावीक गढवा गाविसका १ देखी ४ नम्बरमा मिटर जडान र खानेपानी टैंकी रहेको स्थानमा १ सय सात मिटर बाउण्ड्रवाल निर्माण गरेको संस्थाका अध्यक्ष लेखबहादुर थापाले बताएका छन ।

गाउँपालिकाको कुुल २० लाखको लागतमा बाउण्ड्रीवाल,जस्तापाता र ४ सय थान खानेपानीका मिटर खरिद गरिएको अध्यक्ष थापाले बताउनुु भयो ।गढवा खानेपानी संस्थाका अध्यक्ष लेखबहादुर थापाको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यथ्मा भएको बार्षिक भेलामा बोल्दै गाउँपालिका भरका नागरिकलाई सुद्ध र स्वच्छ खानेपानी उपलब्ध गराउने अभियान गाउँपालिकाको रहेको अध्यक्ष यादवले बताएका छन ।

 



ADVERTISEMENT

  


 


हरेक नागरिकको स्वास्थ्यसंग खानेपानीको सवालसंग जोडिएको हुदा गाउँपालिकाका बिभिन्न वडाहरुमा खानेपानी आयोजना सम्पन्न गर्ने योजना रहेको उनले बताएका छन । गाउँपालिकाका वडाहरु १,५,६ र ८ मा खानेपानीका बृहत आयोजना सुरु गर्ने र गढवामा जिल्ला खानेपानीसंग समन्वय गरी ओभरहेड टैंकी बनाउने अभियानमा लागेको उनको भनाई छ ।

नेपाल सरकारको प्रदेश नं. ५ ले यसबर्ष गढवा खानेपानीको कार्यालय भवन निर्माण र अधुुरो बाउण्ड्री पुरा गर्न २५ लाख बजेट बिनियोजन गरेको खानेपानीका अध्यक्ष थापाले जानकारी दिएका छन । गाउँपालिकाको बजेटबाट खरिद गरिएका मिटरहरु निःशुल्क पुुराना उपभोक्ताहरुको धारामा जडान गर्ने र नयाँ धारा जडान गर्नेको हकमा रु ११ हजार शुल्क लिने भेलाले निर्णय गरेको छ ।

यसैगरी पुरानो महसुल भुक्तानी नगर्ने उपभोक्ताहरुको धाराको लाइन काट्ने र पानीको ब्यापक दुरुपयोगलाई नियन्त्रण गर्न १० हजार लिटर सम्म पानी प्रयोग गर्नेलाई न्यूनतम शुल्क रु २ सय निर्धारण गरिएको छ ।

१० हजार देखी १५ हजार सम्म प्रतियुनिट थप २५ रुपिया,१५ देखी २५ सम्मलाई प्रतियुुनिट ४० रुपिया र २५ हजार लिटर भन्दा माथी पानी प्रयोग गर्ने उपभोक्तालाई न्यूूनतम शुुल्कमा प्रतियुुनिट थप ५५ रुपियाँको दरले महसुल लिने निर्णय भएको अध्यक्ष थापाले बताएका छन । यसका साथै गाउँपालिका मार्फत जिल्ला खानेपानी कार्यालयलाई अनुरोध गरी गढवामा उचित क्षमताको ओभरहेड टैंकी निर्माण गर्ने भेलाले निर्णय गरेको छ ।

कार्यक्रममा गढवा उद्योग बाणिज्य संघका अध्यक्ष रविलाल आचार्य,गढवा खानेपानीका संस्थापक अध्यक्ष मोहनकुुमार पाण्डेय,वडा सदस्य श्रीराम यादव,पत्रकार दुुखहरण यादव, पुर्व उपाध्यक्ष तेजप्रसाद न्यौपाने,उपभोक्ताहरु बासुदेव पाण्डेय,माधव अधिकारी,युवराज आचार्य र टोपलाल सुवेदी सागर लगायतले बोलेका थिए। उपाध्यक्ष शारदा पौडेलको स्वागत मन्तब्यबाट सुरु भएको भेलाको संचालन सचिव नारायण पण्डितले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया