देउखुरी
६ असोज/ “सुखी समृद्ध राष्ट्रिय सोच,समाज बिकाश हाम्रो अठोट“ भन्ने मुल नाराका साथ लमही आँखा अस्पतालले ४० औ सामाजिक सेवा दिवस मनाएको छ ।

यसैको सन्दर्भमा अस्पतालले मोतियाबिन्दु लागेका बिरामीहरुलाई निशुल्क अप्रेसन गरेको छ ।नेपाल नेत्रज्योति संघ दाङ शाखाका उपाध्यक्ष रेशम बहादुर खड्काको अध्यक्षता तथा लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष बिम बहादुर केसीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

नगरपालिकाका प्रबक्ता समेत रहेका प्रमुख अतिथी केसीले नेपाल नेत्रज्योति संघ सामाजिक सस्था भएको भन्दै अस्पतालबाट दिइने सबै सेवा प्रसम्सनिय भएको उल्लेख गरेका छन । अस्पतालको स्तर उन्नतिका लागि लमही नगरपालिका बाट निरन्तर रहिरहने बताएका छन ।

 



ADVERTISEMENT

  


 


प्रमुख अतिथी केसीले लमही आँखा अस्पतालको बिकासका लागि प्रदेश र संघीय सरकार सङ पनि अनुरोध गरेको बताए । अस्पतालका नेत्र विशेषज्ञ मदन चौधरीको बिषय प्रवेश बाट शुरु भएको कार्यक्रममा नेपाल नेत्रज्योति संघ दाङका सह कोषाध्यक्ष घनश्याम सुबेदीले स्वागत मन्तब्य राखेका थिए ।

नेत्र विशेषज्ञ चौधरीका अनुशार आँखा अस्पताल बाट आँखा उपचार केन्द्र भैसके पछि आखाका बिरामी बढ्दै गएका छन । सुरुमा हरेक बर्ष चार हजार बिरामीको उपचार हुने गर्दथ्यो भने अहिले बर्से्नि चालीस देखि पैंतालीस हजारको हाराहारीमा आखाका बिरामिको सफल उपचार हुने गरेको छ ।

लमही आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत सम्सेर थापाका अनुशार बिरामीहरुको संख्या बढ्दै जानुले अस्पतालको हरेक पक्षमा चुनौती पनि थपिएको छ। कार्यक्रममा नेत्र विशेषज्ञ डा. रबिन्द्र सिंह ठकुरी,नेपाल नेत्रज्योति संघ प्रदेश न. ५ का कोषाध्यक्ष लिला शाह लगायतले बोलेका थिए । कार्यक्रमको सन्चालन ल्याब टेक्निसियन कृष्ण ओलीले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया