शिबराज पन्थी,देउखुरी
१४ असोज/ पछिल्लो चरणमा नयाँ पुुस्तामा कला संस्कृति हराउदै जान थालेको भन्दै कला संस्कृतिको संरक्षण सम्वर्धन र उन्नयनका लागि स्थानीय सरोकारवालासंग समन्वय गरि गाउँपालिकाले चाँसो दिन थालेको छ ।

तिसबर्ष अघि गढवामा रामलिला हुन्थ्यो,बिचमा यो संस्कृति हराएर गयो,गतबर्ष देखी गढवा गाउँपालिकाको पहलमा हाम्रो संस्थाले यो संस्कृति बचाउन रामलिला देखाउन सुरुवात गरेको छ–नेपाल अवधि संस्कृति संरक्षण प्रतिष्ठानका कोषाध्यक्ष पटवारी यादवले भने ।

पछिल्लो चरणमा युुवा पुस्ताले संस्कृति संरक्षणमा चाँसो नदिदा कला संस्कृति लोप हुन थालेको हो अब विस्तारै नयाँ पुस्तालाई पनि जागरण गर्दै छौं–संस्थाका अध्यक्ष रामगोपाल यादवले भने ।

 



ADVERTISEMENT

  


 


परम्परागत संस्कृतिलाई समय सापेक्ष संरक्षण सम्वर्धन गर्न गाउँपालिकाले पनि संस्कृति संरक्षणमा चाँसो दिएको गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरीले बताएका छन ।

बहुजाति,बहुसंस्कृतिको धनी गढवाले पछिल्लो चरणमा सबै जातजातिका कला संस्कृतिको संरक्षण गर्न लागेको उनले बताएका छन ।

यसैविच देउखुरीको गढवामा आइतवार घटस्थापनाको अवसर जुराई दोश्रोबर्ष रामलिलाको उद्घाटन भएको छ ।

नेपाल अवधि संस्कृति संरक्षण प्रतिष्ठान केन्द्रिय कार्यालय गढवाको आयोजना तथा गढवा गाउँपालिका तथा स्थानीय समेतको सहयोगमा ९ दिन सम्म संचालन गर्नेगरी रामलिलाको सुरुवात गरिएको हो ।

संस्थाका अध्यक्ष रामगोपाल यादवको अध्यक्षता र यादव समाज सेवासंघका उपाध्यक्ष रामदास यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा यादव समाज सेवा संघका पुर्व महासचिव रामशरण यादव,सचिव पुष्पा यादव,अवधि सांस्कृतिक बिकास परिषद् दाङका अध्यक्ष जगतराम यादव,स्थानीय समाजसेवी उमाकान्त पन्त,शिक्षक रामसुरत यादव र नेपाल रेडक्रस सोसायटी उपशाखा गढवाका सभापति दिपक कुमार यादव, मेला समितिका संयोजक हुकुमराज यादव लगायतका बक्ताहरुले कला संस्कृतिको संरक्षणमा सबैले ध्यान दिनुपर्ने बताएका थिए।

आयोजक संस्थाका कोषाध्यक्ष पटवारी यादवको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन सचिव रामकुमारी यादवले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया