घोराही,
१४-असोज /  प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले कुनै पनि विकासमा दिर्घकालिन सोच र योजना महत्वपूर्ण हुने बताएका छन् । तत्कालिक अबस्थालाई मात्रै सोचेर काम गर्दा केही बर्षपछि फेरी अभाब खड्कीने भन्दै मुख्यमन्त्री पोख्रेलले दिर्घकालिन सोचका साथ काम गर्नुपर्ने बताएका हुन ।

घोराही उपमहानगरपालिकाले आयोजना गरेको २०७७ देखी २०८३ सम्मको एकीकृत शहरी विकास योजना र नगरको दिर्घकालिन सोच तथा रणनितिक योजना कार्यशाला गोष्ठिलाई मंगलबार सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले आजको आवस्यकतालाई नभई बर्षौ पछिको आबस्यकतालाई ध्यान दिएर काम गर्नुपर्ने बताए ।

साथै कृषि, पर्यटन र उद्योगको माध्यमबाट नै चौतर्फि विकास गर्न सकिने उनको भनाई छ । कृषिलाई आधुनिकिकरण गर्दै उद्योग कलकारखाना स्थापना गर्ने र पर्यटकिय क्षेत्रको प्रर्बद्धन मार्फत नगरको विकास गर्न सकिने धारणा राखे ।

 



ADVERTISEMENT

  


 


अर्को प्रसंगमा बोल्दै मुख्यमन्त्री पोख्रेलले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी माथी कार्य क्षमतामा प्रश्न उठाएका छन् । हरेक क्षेत्रबाट सहयोग भैरहेको तर प्रतिष्ठानको गरिमा बचाउन पदाधिकारी असफल भएको टिप्पणि गरे ।

हरेक कुरालाई राजनिति सँग जोडेर जनतामा बिभाजितको अबस्था ल्याएको भन्दै मुख्यमन्त्री पोख्रेलले स्वास्थ्यमा राजनिति नगर्न सबैलाई आग्रह समेत गरेका छन् ।

नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा अरुणकुमार शर्मा, श्रीमन न्यौपाने र नवराज सुबेदीले नगरको सोच र सम्भाबनाका विषयमा कार्यपत्र प्रस्तुत गरेका छन् । उनिहरुले नगरको आर्थिक, सामाजिक विकास कृषि, उद्यम र पर्यटन मै रहेको निष्कर्ष सहितको कार्यपत्र प्रस्तुत गरे ।

कार्यपत्र माथी टिप्पणि गर्दै प्राध्यापक डा. शिबकुमार सुबेदीले नगरको सोच र सम्भाबनाले नगरको संबृद्धीमा कुनै अभाब नहुने बताए । कृषिलाई व्यवसायीक, उद्यमको स्थापना र पर्यटनको पूर्वाधार तयारका योजनालाई नगरले प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरे ।

कार्यक्रममा राष्ट्रियसभा सदस्य अनिता देवकोटा र प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले चौतर्फि विकासका लागि नगरले प्राथमिकताको आधारमा योजना बनाउनु पर्ने बताए । स्थानिय तहले नै सन्तुलित विकासको अबधारणालाई पहिचान गरि अघि बढ्नुपर्नेमा जोड दिए ।

त्यसैगरी कार्यक्रममा नेकपा क्षेत्र नम्बर २ का इन्चार्ज लक्ष्मण आचार्य, नेपाली कांग्रेसका उपसभापती कमानसिंह भारती, नागरिक समाजका संयोजक चन्द्रराज पन्त, दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसालले नगरको विकासमा साझा सोच र कार्यगत एकता हुन आबस्यक रहेको बताए ।

नगरका उपप्रमुख सीता सिग्देल न्यौपानेको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण सिनियर डिभिजन इन्जिनियर युवराज पौडेलले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया