घोराही,
१५-असोज / दाङमा मादक पदार्थ सेवन गरेर सवारी चलाउनेको संख्या बढ्दै जान थालेको देखिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले विभिन्न ठाउँमा गर्ने जाँचमा दिउदै मादक पदार्थ सेवन गरेर सवारीका साधन चलाउनेलाई जरिवाना सहित जोखिम र क्षतिका बारेमा प्रशिक्षण दिन थालेको छ । पछिल्लो समयमा हुदै आएका अधिकांश सवारी दुर्घटना मादक पदार्थ सेवनकै कारण भएको प्रहरीको अनुसन्धानले देखाएको छ ।

सोमबार जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीले दैनिक १० जना बढी चालकलाई मादक पदार्थ सेवन गरेर गाडी चलाएको अबस्थामा फेला पार्दै आएको छ । उनिहरुलाई जनही एक हजार रुपैयाँ जरिवाना र एक घण्टाको प्रशिक्षण दिने गरेको कार्यालयका सूचना अधिकारी प्रहरी नायब निरिक्षक उत्तम जिसीले जानकारी दिए ।

 



ADVERTISEMENT

  


 


साथै मादक पदार्थ सेवन गरेर गाडी चलाउनेको प्रहरीले रेकर्ड समेत राखेको जनाएको छ । मादक पदार्थका नशामा लठ्ठीएर सवारीका साधन चलाउदा निकै डरलाग्दा दुर्घटनाहरु भएको भन्दै उनले जाँच अभियानलाई कडाईका साथ लैजाने बताए । घोराही, तुलसीपु र लमही क्षेत्रमा व्रेथलाईजर मार्फत मादक पदार्थ सेवनको जाँच गर्न सुरु गरेको उनको भनाई छ ।

साथै प्रहरीले चालकहरुलाई ट्राफिक नियमको अनिवार्य पालना गर्न आग्रह समेत गरेको छ । सिमित गतिमा सवारीका साधन चलाउने, मादक पदार्थ सेवन नगर्ने, गाडीको अबस्थालाई चुस्त राख्ने, अनिवार्य आबस्यक कागजपत्र बोक्ने, सिट र क्षमता अनुसार यात्रु तथा सामान बोक्न प्रहरीले आग्रह गर्दै आएको ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रेम रेग्मीले जानकारी दिए ।

प्रतिकृया

प्रतिकृया