दाङ
१६ असोज/ घोराही उपमहानगरपालिकाले हिन्दूहरुका महान् पर्व विजया दशमी, दीपावली, छठ पर्वलाई सद्भावका रुपमा मनाउन आग्रह गरेको छ ।

बिहीबार सम्पन्न उपमहानगर नगरकार्यपालिकाको बैठकले चाडपर्वलाई भव्य, सभ्य र सद्भाव कायम गर्ने पर्वका रुपमा मनाउन नगरवासीलाई आग्रह गर्ने निर्णय गरेको हो ।

चाड पर्व मनाउने नाममा विभिन्न विकृतिहरु फैलिदै गएको भन्दै बैठकले यस्ता कार्य रोक्नतर्फ लाग्न सम्पूर्ण नगरवासीलाई आग्रह गर्ने निर्णय गरेको प्रेस सल्लाहकार निमुसंगम घर्तीले जानकारी दिएका छन ।

उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले चाड पर्वको समयमा वजारमा कृतिम अभाव पैदा गरिने हुँदा यस्तो गरेको पाइएमा कारबाही गर्ने निर्णय गरेको छ ।

गुणस्तरहीन खाद्यवस्तुको विक्रि वितरण नगर्न आग्रह गर्दै बैठकले सम्पूर्ण सरोकारवाला निकायलाई उपभोक्ता अधिकारप्रति जिम्मेवार बन्न अभिप्रेरित गरेको छ । जुवातास खेल्ने, पटाका पट्काउने कार्यमा नलाग्न बैठकले आग्रह गरेको छ ।

 



ADVERTISEMENT

  


 


बैठकले यात्रुहरुलाई सुरक्षित गन्तव्यमा पु¥याउन यातायात व्यवसायी, यातायात मजदूर तथा चालकलाई आग्रह गरेको छ । चाडपर्वको समयमा अत्यधिक दुर्घटनाका सम्भावना हुने हुँदा यसतर्फ सचेत बन्न स्थानीय प्रशासनलाई बैठकले आग्रह गरेको छ ।

साथै वडानम्वर–६ का अध्यक्ष रेवबहादुर बुढाथोकीकी ममतामयी आमा भूमादेवि बुढाथोकीको निधनप्रति दुःख व्यक्त गर्दै शोकप्रस्ताव पारित गरेको छ । साथै बैठकले शोकाकुल परिवारलाई शोकलाई शक्तिमा बदल्ने सामथ्र्य प्राप्त होओस् भन्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ ।

प्रतिकृया

प्रतिकृया