घोराही,
१७-असोज / घोराही उपमहानगरपालिकाले प्रहरी सँग सहकार्य गरी बजार व्यवस्थापनमा सहजता ल्याउन जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङलाई एक थान मोटरसाईकल उपलब्ध गराएको छ ।

बजाज कम्पनीको एक सय ५० सिसिको मोटरसाईलक शुक्रवार उपमहानगरले ट्राफिक प्रहरी कार्यालयलाई हस्तान्तरण गरेको हो । नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख सीता सिग्देल न्यौपाने र प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीको उपस्थितीमा ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रेमप्रसाद रेग्मीलाई मोटरसाईकलको साँचो हस्तान्तरण गरिएको हो ।

नगर प्रमुख चौधरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत नगर क्षेत्रको ट्राफिक व्यवस्थापनमा सहयोग पु¥याउने उदेश्यले प्रहरीलाई मोटरसाईकल उपलब्ध गराईएको उल्लेख गरे ।

 



ADVERTISEMENT

  


 


नगर क्षेत्रको बजारमा नगर प्रहरी समेत खटिने र ट्राफिक प्रहरीको समेत समन्वयमा बजारलाई व्यवस्थापन गर्ने उदेश्य रहेको जानकारी दिदै सहि सदुपयोग गर्न प्रहरीलाई आग्रह गरे ।

ट्राफिक प्रहरी प्रमुख प्रेम रेग्मीले प्रहरी स्रोत साधनमा पूर्ण भए मात्रै काम गर्न सहज हुने भन्दै स्थानिय सरकारको हरेक सहयोगले आफुहरुलाई काममा हौसला र मद्धत पुगेको बताए ।

प्रतिकृया

प्रतिकृया