तुलसीपुर
२१ असाेज / नेपालीहरुको महान् पर्व विजयादशमीको अवसरमा मुख्य मन्त्री शंकर पोख्रेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, सु–स्वास्थ्य समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।

असत्यमाथि सत्यको विजयका रुपमा मनाईने यस पर्वले हरेक नागरिकलाई सत्यको बाटोमा हिड्न र सकारात्मक सोचको विकास गर्न प्रेरणा दिन सकोस् भन्ने शुभेच्छा शुभकामना सन्देशमा व्यक्त गरिएको छ ।हरेक नेपालीमा सकारात्मक सोचको विकास गराउँदै यस पर्वले हरेकका विचमा सुमधुर सम्वन्ध स्थापित गराउन सकोस्’ शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

बहुजाति, बहुसँस्कृति, बहु धर्म र बहु परम्परा जस्ता विविधता भएको देशमा चाडपर्वहरुले हरेक जातिमा एकता, भ्रातृत्व, सहिष्णुता र मेलमिलापको भावना विकास गराउन सकुन् भन्दै मुख्य मन्त्री पोख्रेललेले चाडपर्वमा अरुको देखासिकी गरेर फजुल खर्च गर्नु भन्दा पनि आफ्नो हैसियत अनुसार मनाउनुपर्ने कुरामा जोड दिएका छन् ।

 



ADVERTISEMENT

  


 


‘आफ्नो अवस्था हेरेर सोही अनुसार रमाउन सकियो भनै मात्रै चाडपर्वले वास्तविक खुसी सञ्चार गर्न सक्दछन् ’ सन्देशमा उल्लेख गरिएको छ । नयाँ लुगा, लगाउने, मिठो खाने र आर्शिवाद ग्रहण गर्ने पर्वका रुपमा रहेको वडादशै नेपाली हिन्दुहरुको महान पर्व भएको उल्लेख गर्दै उनले देशलाई विकास र समृद्धिको यात्रामा अगाडी वढाउनका लागि यस पर्वले हरेक नागरिकमा शक्ति प्रदान गरोस् भन्ने शुभेच्छा समेत प्रकट गरेका छन् ।

समाजलाई जोड्ने मौलिक पर्व दसैलाई बिकृती र तड्कभड्कबाट टाडै राखेर मनाउन सक्दा यस्को मौलिकता जोगिन्छ नै,समाज अझै एकताको सुत्रमा बाधिन्छ ।समाज एकताबद्द हुँदा मुलिकको सार्बभौ सत्ता र अखण्ड्ता बलियो हुने जोड दिएका छन् । समृद्व नेपाल ,सुखी नेपालीको लक्ष्यमा पुग्न प्रदेश सरकार योजनाबद्द बिकासमा संकल्पित रहेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

 

 

 

प्रतिकृया

प्रतिकृया