घोराही,
५-कात्तिक / प्रहरीले घोराहीबाट पाँच जुवाडेलाई पक्राउ गरेको छ ।

गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी प्रहरी टोलीले उनिहरुलाई मंलवार विहान पाँच बजेतिर उपमहानगरपालिका १३ डुमरगाउबाट ४ गड्डी तास र नगद बाउन्न हजार आठ सय पच्चिस रुपैया नगद सहित पक्राऊ गरेको प्रहरी नायव उपरिक्षक विनोद विक्रम शाहले जानकारी दिए ।

पक्राउ पर्नेमा घोराही उपमहानगर पालिका १३ ईश्वरबहादुर महरा, घोराही कै कमल विक,घोराही कै नविन जि.एम,त्रिबेणी गाउँपालिका १ रोल्पाका परभान पुन र रोल्पाका भिमबहादुर बुढा रहेको प्रहरीले बताएको छ ।

 



ADVERTISEMENT

  


 


उनिहरुलाई मूलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ५ को दफा १२५ को जुवा सम्वन्धि कसुरमा मुद्दा दर्ता भई आवश्यक कारवाही अगाडी बढाइने प्रनाउ शाहले जानकारी दिए ।

प्रतिकृया

प्रतिकृया