तुलसीपुर
२४ कात्तिक/ दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ को कार्यालयमा तालाबन्दी गरिएको छ । सडक निर्माण गर्न वडाअध्यक्षले एकलौटरी रुपमा उपभोक्ता समिति गठन गरेको भन्दै वडा कार्यालयमा तालाबन्दी गरिएको हो ।

नेकपा तुलसीपुर उपमहानगरपालिका वडा न. १३ कार्यालयले तालाबन्दी गरेको नेकपाका नगर कमिटि सदस्य मोहन पौडेलले बताए । ‘राप्ती लोकमार्गदेखि पनालीबोटसम्मको सडक निर्माणकालागि एकलौटरी रुपमा वडाध्यक्षले राख्नुभएको छ’ पौडेलले भने‘ त्यसैले हामीले सबै उपभोक्तालाई समेट्ने गरि उपभोक्ता समिति गठन गर्न माग गर्दा अटेर गरेपछि वडा कार्यालयमा ताला लगाएका हौं ।

’ गएको बर्ष नै उक्त वडामा ४० लाख क्रमागत बजेट परेको थियो । अहिले उक्त वडामा परेको बजेटको सम्झौता पनि रोकिएको छ । त्यस्तै वडा नं. १३ कै माटोको ढिस्कोले पुरिएर गम्भीर घाईते भएकी संगीता बिश्वकर्मालाई वडाबाट सहयोग माग्दा पनि नदिएको समेत वडाध्यक्षलाई आरोप लगाईएको छ । भईपरी आउने कोषणमा वडामा ९ लाख छुटिएको भएपछि त्यो दिन माग गर्दा पनि नदिएको समेत उनले बताए ।

 



ADVERTISEMENT

  


 


त्यस्तै १३ नम्बर वडामा मन्दिरकालागि छुटिएको बजेट १२ नम्बरलाई दिएको समेत आरोप लगाईएको छ ।वडाध्यक्ष डम्बर न्यौपानले सम्बन्धि सडकका उपभोक्तालाई समितिमा राखेको बताए ।

‘जहाँनेर बाटो बन्न लागेको छ, त्यही नेरका उपभोक्तालाई हामीले समितिमा राखेका छौं, यो काम उपमहानगरपालिकाको हो , यो समस्या अब उपमहानगरपालिकाले समाधान गर्छ’ उनले भने‘ हामी यो समस्या समाधान गर्न सक्दैनौं ।’

साथै वडाध्यक्ष न्यौपानेले माटोको ढिस्कोले पुरिएर गम्भीर घाईते भएकी संगिता बिकलाई आफुले उपचारकालागि सिफारिश दिएको र रकम भने उपमहानगरपालिकाले परिचालन नगरेकाले ढिला गरेको बताए । तर आफुले सक्दो सहयोग गरेको उनको भनाई छ ।

प्रतिकृया

प्रतिकृया