सांसद स्व. उत्तरकुमार ओलीको मृत्युपछि यही मंसिर १४ गते दाङ क्षेत्र नं. ३ को प्रदेशसभा २ मा उपनिर्वाचन हुँदैछ । सोही निर्वाचनका लागि नेपाली काँग्रेसले (विपी)ले दिपक धिताललाई उम्मेदवार बनाएको छ । सोही अनुसार पार्टीले पश्चिम दाङमा चुनावी सभा, घरदैलोलाई नियमित बनाएको छ । जहाँ नेकपाको तर्फबाट स्व. ओलीले निकटतम प्रतिद्वण्द्वी बुद्धिराम भण्डारीलाई ६ हजार चारसय ३५ मतान्तरणलेपछि पार्दै बिजयी भएका थिए । स्व. ओलीले २३ हजार ९ सय ७० मत प्राप्त गरेका थिए, भने भण्डारीले १७ हजार पाँचसय ३५ मत ल्याएका थिए । तर अहिले हुन गईरहेको उपनिर्वाचनमा नेपाली कांग्रेस (विपी)का उम्मेदवार दिपक धिताललाई किन भोट दिने ? लगायतका बिषयमा तुलसीपत्रकर्मी अञ्जना चौधरीले उम्मेदवार धितालसंग कुराकानी गरेकी छन् । –सम्पादक

नेपाली काँग्रेस (विपी) ले तपाईलाई दाङ क्षेत्र नं. ३ (२) को उम्मेदवार बनाएको छ । तपाईलाई कस्तो लागेको छ ?
म एकदमै गौरवान्बित भएको छु । किनकी नेपाली काँग्रेसका गौरवशाली नेता विपी कोईरालाको सपना पूरा गर्ने जिम्मा पार्टीले मलाई दिएको छ । अर्को कुरा नेपालमा धेरै किसिमका पार्टीहरुको जन्मभयो २००३ सालमा नेपाली काँग्रेस पार्टी जन्म हँुदै गर्दा जुन विचार सिद्धान्त बोकेर विश्वेश्वरप्रसाद कोईरालाले प्रतिवादन गर्नुभएको थियो, राष्ट्रियता, प्रजातन्त्र र समाजवाद त्यो अहिलेको काँग्रेसले विर्सि सकेको अवस्था छ । त्यही राष्ट्रियता,प्रजातन्त्र, समाजवाद र विपीका विचारहरुलाई मनन् गरेर नेपाली काँग्रेसलाई सहि बाटोमा ल्याउनु पर्छ भन्ने उद्देश्यका साथ पार्टीको गठन भएकोे र म त्यसकै लागि उम्मेदवार भएको छु ।

तपाईले पार्टीको नाम नेपाली काँग्रेस (विपी) राखिएको छ, किन ?
विपीको चाहाना के थियो भने प्रत्येक नेपालीको घरमा एउटा दुध दुहुने गाई होस्, जोत्नलाई आफ्नो जमिन होस् । अनी औषधी उपचार गर्न सक्ने क्षमताको परिवार होस्, पढ्न लेख्न सक्ने क्षमताको होस भन्ने थियो । उहाँले राष्ट्रिय योजनाहरु बनाउँदा ठूला तालिकामा बस्ने व्यक्तिको फोटा हेरेर होईन, एउटा हलो जोत्ने किसानको फोटा हेरेर योजना बनाउनुस् कि ति योजनाहरु सफल हुन्छन्, राम्रो हुन्छन भन्ने सिद्धान्त राख्नुहुन्थ्यो । त्यही बाटोमा हामी हिड्नु पर्छ भन्ने उद्देश्यले हामीले विपी राखेका हौँ ।

 



ADVERTISEMENT

  


 


तपाईको चुनावी एजेण्डा के छन् ?
अहिलेको राष्ट्रिय राजनीतिको परिवेक्ष हेर्ने हो भने भष्ट्राचार, अन्याय, अत्याचार, ढिला सुस्ती र व्यथिति बाहेक केही पनि छैन्, हामी सबैले महसुस गरेका छौं । त्यसैले पनि यसलाई निर्मुल पार्न मैले उम्मेदवारी दिएको छु । हाम्रो पार्टी अहिले सानो छ, तर विचारले ठूलो पार्टी छ । प्रत्येकलाई हामीले यो कुरा बुझाउन सक्यौं भन्ने मेरा पार्टीको एजेण्डा हो ।

अनि जित्ने आधार के ?
हामीले राम्रा विचार दिने हो । जस्तै अहिलेको नेकपा, नेपाली काँग्रेस, हिजोको माओवादी, अथवा कम्युनिष्ट पार्टीहरु जो–जो सत्तामा गए, हिजोदेखी आजसम्म सत्ता चलाई रहेका छन्, तिनीहरु के दिए त हामीलाई ? मात्रै आफ्नो स्वार्थमा लागी गरे । त्यसैले हाम्रो आधार भनेको जनताको लागि विकास कसरी गर्न सकिन्छ भन्ने योजनाहरु धेरै छन् । हामीले जलविद्युत आयोजनाहरुलाई मात्रै उत्पादन गर्न सकेमा ८४ हजार मेगावातको जल विद्युत उत्पादन गर्न सक्ने क्षमता हामीसंग छ । त्यो उत्पादन गर्न सकेमा हामीले त्यो अरुदेशमा बेचेर डलर आयात गर्न सक्छौ यस्ता धेरै चिजहरु हामीसंग छ तर यो हुँदा हँुदै पनि हाम्रा नेताहरु अरुको गुलामी गरेर बाची रहनुभएको छ त्यो प्रथाबाट उन्मुक्त हुनु पर्छ भन्ने सोचका साथ हाम्रो पार्टी लागेको छ त्यही नै जित्ने आधार हो ।

चुनाव जित्नु भयो भने के गर्नु हुन्छ ?
चुवान जित्नुमा अहिले कुनै अर्थ रहदैन । किनभने जवसम्म नेपाली नागरिकलाई जागरुक र चेतना जगाएनांै भने जित्नुको अर्थ रहदैन । अहिलेको दुई तिहाई सरकारमा एउटा नेपाली काँग्रेस विपीबाट गएको एउटा व्यक्तिले कुनै परिवर्तन गर्न सक्दैन जवसम्म हाम्रो सरकार हँुदैन्, हाम्रा कुराहरु लागू गर्न सक्दैनौ तवसम्म जित्नु र हार्नुको अर्थ रहदैन् । त्यसैले हामीले आजैबाट हाम्रा कुराहरु, योजनाहरु, विपीका विचारहरुलाई जनतामाझ लैजाने र केही बर्षपछि आफ्नो सरकार बनाउन सक्छौं की भन्ने मान्यताका साथ लागि परेका छांै ।

तपाईलाई नेपाली काँग्रेसमा पद नपाएर काँग्रेस (विपी)मा गएको आरोप लगाउँछन् नी ?
त्यो कुण्ड–कुण्ड पानी, मुण्ड–मुण्ड बुद्धि भन्ने उखान छ नी त्यस्तै हो । मैले कति काम गरे वा गरिन भन्ने कुरा तुलसीपुर खानेपानीका उपभोक्तालाई सोध्दा हुन्छ । तीन बर्ष नेपाली काँग्रेसले दिएको टिकटबाट सबै भन्दा बढि मत ल्यायर जित्ने मान्छे मै हो । र उपभोक्ता बीच कसरी प्रस्तुत भए र उनीहरुका आवश्यकतालाई परिपूर्ति गर्न सकेकी सकिन भन्ने कुरा उपभोक्तालाई गएर सोध्न सक्नु हुन्छ ।

म २०३४ सालबाट पार्टीमा लागेर पार्टीले गर्न लगाएका सम्पूर्ण काम गरे, संगठन विस्तार गर्न लागि परे २०४६ साल अघि गोविन्द आचार्य, विष्णु केसीसंग धेरै संगठन विस्तार गर्न तर्फ लागेको हो, तर पार्टीका शीर्ष नेताहरुले मूल्याङ्कन गर्न सक्नु भएन त्यसैले म विपी तिर गएको होे । मैले तुलसीपुर खानेपानीले पानी जहाँ–जहाँ दिन्छ त्यहाँ सम्मको जनतालाई सेवा गरेको छु । मलाई पार्टीले तुलसीपुरमा काम गर भनेर खटाएका कारण म यही सेवा गरे अब पश्चिमी जनताले दङ्गाली जनताले मलाई जिताउनु भयो भने त्यहीको जनताको लागि काम गर्ने छु ।

अब तपाईको जिवनी तर्फ लागौं । तपाई कहाँ कहिले जन्मिनु भएको हो ?
मेरो जन्म २०१९ साल भदौ २७ गते साविक डुरुवा गाविसको भोजपुरमा आमा टिकादेवी धिताल र बुवा ठाकुरप्रसाद धितालको कोखबाट भएको हो । त्यसको दुई बर्षपछि बसाई सरेर साविक मानपुर गाविस वडा ६ रावतगाउँमा हाम्रो परिवार आयो । मैले पहिला बनकट्टा स्कुलमा कक्षा ३ सम्म अध्ययन गरे । त्यसपछि मानपुर स्कुलमा पढे, कक्षा ८ देखि म तुलसीपुरको महेन्द्र स्कुलमा अध्ययन गरे र आईए र विए पास बनारसबाट गरेको हुँ ।

अन्त्यमा केही भन्न चाहानु हुन्छ ?
क्षेत्र नं ३ (२) का सम्पूर्ण आमा–बुवा, दिदीबहिनीहरुमा नमन गर्दै नेपाली काँग्रेस विपीबाट मैले उम्मेदवारी दिएको छु त्यसैले सम्पूर्णले चुनाव चिन्ह करुवामा भोट दिई जिताउन आग्रह गर्दछु ।

प्रतिकृया

प्रतिकृया