घोराही
१४ मंसिर/ दाङको निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेससभा २ मा ६६ दशमलब ५२ प्रतिशत र घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा ७२ दशमलब ४४ प्रतिशत भोट खसेको छ ।

प्रदेससभा सदस्यका लागि ६८ हजार ७ सय १९ जना मतदाता मध्य ४५ हजार ७ सय १८ जनाले भोट हाल्दा ६६ दशमलब ५२ प्रतिशत मत खसेको हो । जस अन्तरगत पुरुष २० हजार १ सय २८ र महिला २५ हजार ५ सय ९० जनाले भोट हालेका छन् । त्यसैगरी, घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा ४ हजार ४ सय ५३ जना मतदाता मध्य ३ हजार २ सय २६ जनाले भोट हालेका छन् ।

यो ७२ दशमलब ४४ प्रतिशत मत खसेको छ । जस्मा १ हजार ८ सय ८ जना महिला र १ हजार ४ सय १८ जना पुरुषले मतदान गरेको निर्वाचन कार्यालयले जानकारी दिएको छ । प्रदेशसभा सदस्यका लागि १४ जना र वडा अध्यक्षका लागि ७ जना बिच प्रतिस्पर्धा छ । वडा अध्यक्षका लागि भएको मतदानको मतगणना आज बेलुका बाटै जिल्ला अदालतको मेलमिलाप कक्षमा हुदै छ भने प्रदेससभा सदस्यको भोली बिहान ८ बजेबाट सुरु हुने छ ।

 



ADVERTISEMENT

  


 


अहिले मतपेटीकाहरु गणना स्थल सदरमुकाम ल्याउने काम भैरहेको छ । राती १० बजे सम्म सबै ठाउँहरुबाट मतपेटिका ल्याईसक्ने मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिएका छन् । वडाको मतगणना एउटा स्थलमा र प्रदेसको २ समूहमा मतगणना हुने छ ।

प्रतिकृया

प्रतिकृया