घोराही
१५ मंसिर/
घोराही उपमहानगरपालिका वडा नं.१६ मा भएको उपनिर्वाचनबाट नेपाली कांग्रेसका उम्मेदवार ताराबहादुर डाँगी निर्वाचित भएका छन ।
नेपाली कांग्रेसका उम्मेदवार ताराबहादुर डाँगीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार सुरेशबहादुर केसीलाई पराजित गर्दै वडा अध्यक्षमा बिजयी भएका हुन ।
कांग्रेसका उम्मेदवार डाँगी १२२२ मत प्राप्त गरि बिजयी भएका हुन । उनका प्रतिद्धन्द्धी नेकपाका उम्मेदवार केसीले १११७ मत प्राप्त गरेका थिए ।
त्यस्तै जगलाल चाैधरी (स्वतन्त्र)-७२०, विमला पुन (संङीय समाजवादी): ३१ मत, प्रकाश के.सी (राप्रपा): १९ मत,  पहलमान आलेले(नेशनल मंगाेल) ३० मत, समीर वली (स्वतन्त्र): २३ मत ,खसेकाेमा 68 मत बदर भएकाे छ । 

प्रतिकृया

प्रतिकृया