तुलसीपुर
१५ मंसिर / दाङ क्षेत्र नं. ३ को प्रदेशसभा २ मा नेकपाले अग्रता कायम राखेको छ ।

आईतबार साँझ ६ बजेसम्म भएको २२ हजार ९ सय ८१ मतगणना अनुसार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का उम्मेदवार बिमला ओलीले १२४७० मत प्राप्त गरेकी छिन्, भने नेपाली कांग्रेसका उम्मेदवार केशव आचार्यले ९६०९ मत प्राप्त गरेका छन् ।

यो मतपरिणाम अनुसार नेकपाका उम्मेदवार दुईहजार ८ सय ६१ मतले अगाडी छन् ।
अहिलेसम्म उक्त निर्वाचन क्षेत्र अन्तर्गत बबई गाउँपालिको सबै वडा, तुलसीपुर उपमहानगरपालिकाको १, २ , १० र ११ को मतगणना भईसकेको छ, भने अहिले शान्तिनगर गाउँपालिका वडा नं. १ र दंगीशरण  गाउँपालिका वडा नं. १ को मतगणना भईरहेको छ ।

अहिलेसम्म तीनसय ८८ मत बदर भएको छ ।

प्रतिकृया

प्रतिकृया