तुलसीपुर
१६ मंसिर/ दाङको तुलसीपुर उपमहानगरपालिका वडा नंं १७ स्थित सहीद स्मृति आवासिय माध्यामिक विद्यालयको भवनको भवन उद्घाटन गरिएको छ । उक्त भवनको प्रदेश न. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले सोमबार विद्यालयको चारकोठे भवनको उद्घाटन गरेका हुन् ।

विद्यालय व्यबस्थापन समितिका अध्यक्ष हेमराज शर्मा‘डाईमण्ड’को अध्यक्षतामा भएको कार्यक्रमकाबीच उक्त भवनको उद्घाटन गरिएको हो । त्यस अवसरमा प्रमुख अतिथि मन्त्री बरालले मुलुकलाई विकास र समृद्धिको मार्गमा अघि बढाउनकालागि सहीदहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै उहाँहरुले देखेको सपना पूरा गर्न तर्फ सरकार अग्रसर भएको बताए ।

तिनै सहीदहरुको सपना पूरा गर्न अहिले सहीदहरुका छोराछोरीलाई सरकारले आवासीय सुविधा दिएर पठनपाठन गरिरहेको समेत बताए । साथै उनले शहीदका छोराछोरीरुलाई उच्च शिक्षा तथा प्राबिधिक शिक्षा तर्फ उन्मुख गराउने बताए ।

 



ADVERTISEMENT

  


 


उक्त विद्यालयमा साबिक मध्यपश्चिमाञ्चलका १५ जिल्लाका शहीद तथा वेपता परिवारका छोराछोरीहरुले अध्ययन गर्ने भन्दै उनीहरुको पढाई, छात्रावासकालागि भौतिक पूर्वाधारसंगै अन्य कुराहरुको समेत ब्यबस्थापनमा प्रदेश सरकारले ध्यान दिने बताए ।

प्रदेश नं. ५ को सामाजिक विकास मन्त्रालयको ४० लाखको लागतमा उक्त भवन निर्माण भएको हो । सोही भवनलाई प्रसासनिक कामकाजका रूपमा प्रयोग गरिने प्रधानाध्यापक नारायण पौडेलले बताए । उक्त साबिक मध्यपश्चिमका सहीद तथा बेपत्ता परिवारका विद्यार्थीहरु अध्ययन गर्ने गर्छन् । उक्त विद्यालयमा कक्षा १२ सम्म पढाई हुने गरेको छ ।

विद्यालय ब्यबस्थापन समितिका सदस्य रामबहादुर ओलीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा तुलसीपुर उपहानगरपालिकाका शिक्षा संयोजक देवराज विश्वकर्माले शिक्षालाई श्रम र श्रमलाई प्रबिधि तथा उत्पादनसंग जोड्नुपर्ने बताए । कार्यक्रमको सहजीकरण विद्यालयका प्रधानाध्यापक नारायण पौडेलले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया