तुलसीपुर
१६ मंसि/ दाङमा एउटा वाल विवाह रोकिएको छ । सोमबार दिउसो १२ बजेतिर घोराही उपमहानगरपालिका वडा नं. १५ न्यूरोडमा भईरहेको वालविवाहलाई रोकिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

सोही स्थानबाट १६ बर्षीया निर्मला (नाम परिवर्तन )सहित विवाहमा संलग्न दुवै पक्षका अभिभावकलाई नियन्त्रणमा लिईएको थियो । उनीहरुलाई सोमबार नै सरोकारवालासहितको छलफलले विवाह रोकेर दुलहीलाई आफन्तीको जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक बिनोदबिक्रम शाहले बताए ।

उनका अनुसार कानुन अनुसार मात्रै विवाह गर्ने गरि सहमति भएपछि उनीहरुलाई छोडिएको हो । उनीहरुले मुस्लिम परम्परा अनुसार दुलही पक्षले कपिलवस्तु चन्द्रौटा बस्ने आलम मियासँग बिबाह गर्ने तयारी गरिरहेका थिए ।

 



ADVERTISEMENT

  


 


प्रतिकृया

प्रतिकृया