घोराही
१९ मंसिर/ घोराही उपमहानगरपालिकाका कार्यबहाक प्रमुख सीता सिग्देल न्यौपानेले लैंगिक समानता घर परिवारबाटै हुन आबस्यक रहेको बताएका छन । उपमहानगरको महिला बालबालिका तथा सामाजिक विकास शाखाले लैंगिक हिंसा बिरुद्ध जोडि अन्तरक्रिया कार्यक्रममा कार्यबहाक प्रमुख न्यौपानेले हिंसाको जड परिवारमै रहेको भन्दै विभेद परिवारबाटै हटाउन आबस्यक रहेको बताएका हुन ।

लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको अबसर पारेर आयोजित कार्यक्रममा उनले घर परिवारबाटै समानताको सन्देश फैलाउनु पर्नेमा जोड दिएका छन । महिला पुरुषका नाममा वा कुनै पनि कमजोरीका आधारमा विभेद गर्नुले हिंसाको रुप लिने उल्लेख गरेका छन । घरेलु हिंसालाई रोक्न परिवारबाटै इमान्दारीता कायम गर्नु पर्ने र अन्य जघन्य अपराधलाई रोक्न सचेतना सँगै कानुन कार्यान्वयनमा उनले जोड दिएका छन।

नगरका १९ वटै वडाबाट प्रतिनिधी मूलक श्रीमान श्रीमतीको जोडिलाई भेला गराईएको हो । परिवारका सदस्यमा बिश्वास हुनुपर्ने र कुनै पनि विबादलाई छलफलबाट निराकरण गर्न सके मात्रै हिंसा रोकिने पनि उल्लेख गरेका छन। साथै जघन्य अपराधमा दोषिलाई कानुन अनुसार कार्वाही हुनै पर्नेमा उनले जोड दिएका छन ।

सामाजिक विकास शाखाका संयोजक पशुपती चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा शाखा प्रमुख मोतीकुमारी विश्वकर्मा, जिल्ला प्रहरी कार्यालय दाङका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक राजन गौतम लगाएकाले लैंगिक हिंसा रोक्ने बिषयमा प्रशिक्षण दिएका थिए ।

प्रतिकृया

प्रतिकृया