निमुसंगम घर्ती,घोराही
२० मंसिर/ १५ बर्षमा बिहे भयो । १६ बर्ष मै पहिलो सन्तान जन्मियो । पहिलो बच्चा जन्मिएको ११ दिनमा पाठेघरको पहिलो भाग खस्यो । उहाँ अहिले ६६ बर्षको हुनुहुन्छ । स्वास्थ्यको हेरचाह र उपचार भएन ।

घोराही उपमहानगरपालिका २ बुकामा आयोजना गरिएको एकीकृत महिला स्वास्थ्य शिबिरमा लौरो टेक्दै आउनुभएकी ६६ बर्षिया ति महिलाले ३२ बर्षको उमेरमा ८ सन्तान जन्माएको सुनाउनुभयो । पहिलो बच्चा जन्मने बित्तिकै पाठेघरको पहिलो भाग खसेको उहाँको अन्तीम बच्चा जन्मने बेला सम्म पुरै पाठेघर खस्यो । तर उपचारमा ध्यान नै दिनुभएन । समस्या लुकाएरै बसेका उहाँलाई तत्काल अप्रेशन गर्ने सल्लाह डाक्टरहरुले दिए ।

प्रादेशिक अस्पताल तुलसीपुरका डा. विनोद सिंहले ७ जना बिरामीको जाँच गर्दा ३ जनालाई अप्रेसन गर्नुपर्ने खालको समस्या देखिएको बताउनुभयो । घोराही उपमहानगरपालिकाको स्वास्थ्य शाखा, रामपुरको शहरी प्रवद्र्धन केन्द्रको आयोजना र ओृरेक तथा परिवार नियोजन संघले सञ्चालन गरेको शिबिरमा विरामीलाई परामर्श दिदै जाँदा बल्ल समस्याका बारेमा उनिहरुले खुलेर बोलेका हुन् । शिबिरमा आएका अधिकांश महिलाहरुको पाठेघरमा समस्या देखिएको ओरेककी संयोजक इश्वरी थापाले बताउनुभयो । रोग लुकाएर बस्दा पाठेघर क्यान्सरको जोखिममा पुगेको भेटिएको बताउनुभयो ।

ADVERTISEMENT


  


 


लाजले रोग लुकाउदै
शहर देखी गाउँ सम्म अहिले पनि प्रजनन् स्वास्थ्य समस्यालाई लुकाएर राख्ने गरेको पाईएको छ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर २ र १४ मा आयोजना गरिएको एकीकृत महिला स्वास्थ्य शिबिरमा प्रजनन् स्वास्थ्य सम्बन्धि निकै पुराना विरामीहरुले उपचार गराएका छन् । स्वास्थ्यमा सबैको पहुँच पुगेपनि लाज र संकोचका लागि महिलाहरु प्रजनन् स्वास्थ्य समस्यालाई लुकाएर राख्दा पाठेघरमा जटिल समस्याहरु देखिएको छ ।

घोराहीमा मुख्य केन्द्र नयाँ बजार शहरी स्वास्थ्य केन्द्रमा आयोजना गरिको शिबिरमा १ सय ५० जना महिलाले स्वास्थ्य जाँच गराउन ३२ जना महिलाको पाठेघरको मुख सुनिएको भेटिएको छ । त्यस्तै २० जनामा ग्याष्ट्रिक, ५ जनामा पिसाव संक्रमण, ७ जनामा पाठेघरको मुखमा घाउ, ४ जनाको पाठेघरको पहिलो भाग खसेको, तल्लो पेट दुख्ने २० जना र मानसिक समस्या ७ जनामा देखिएको ओरेकका दिपा धितालले जानकारी दिएका छन ।

त्यसैगरी, घोराही उपमहानगरपालिका २ बुकामा आयोजना भएको शिबिरमा पनि पाठेघरमा समस्या धेरै भएका महिलाहरुले उपचार लिएका छन् । पाठेघरको मुख सुन्नीएको ३३ जना, ग्याष्ट्रिक १६, पिसाब संक्रमण १२, पाठेघरको मुखमा घाउ ११, पाठेघरको पहिलो भाग खसेको १३, दोस्रो भाग खसेको २, तेस्रो भाग खसेको ४ र मानसिक समस्या ६ जनामा देखिएको छ ।

सानै उमेरमा बिबाह गर्ने, धेरै सन्तान जन्माउने, उचित खानपान र आराम नहुनु, अन्यको तुलनामा स्वास्थ्यमा माया नगर्नु, नियमित स्वास्थ्य जाँच नहुनु, शरिरीक सरसफाई नहुनु जस्ता कारणले गर्दा यौन तथा प्रजनन् स्वास्थ्य समस्या देखिएको परिवार नियोजन संघका प्रबन्धक बसन्त खनालले जानकारी दिएका छन । घोराही उपमहानगरपालिका र सम्बन्धित वडामा स्वास्थ्य संस्थाको आयोजना तथा ओरेक र परिवार नियोजन संघको प्राविधिक सहयोगमा घोराही २ र १४ नम्बर वडामा गरिएको स्वास्थ्य शिबिरको विवरण सार्वजनिक गर्र्दै प्रजनन् स्वास्थ्य अबस्थामा कमजोर देखिएको हो ।

प्रतिकृया

प्रतिकृया