तुलसीपुर,
२० मंसिर / दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ मा ट्युवेलबाट सिंचाई हुन थालेपछि हरियाली हुन थालेको छ । कुनै समय सुख्खा रहने बखरियाका जग्गा अहिले भने हरियाली छन् ।

त्यहाँ स्यालो ट्युबेल जडान गरेपछि बाँझो रहने जग्गामा खेति हुने गरेको छ ।‘कुनै समय पानी नहुँदा हामीले जग्गा पनि बाँझो राख्ने गरेका थियौं’ स्थानीय गोबिन्द घिमिरेले भने ‘ तर अहिले स्यालो ट्युवेल जडान गरेपछि तरकारीबाटै राम्रो आम्दानी हुने गरेको छ ।

’ करिब ६ लाखको लगानीमा वडा नं. १३ बखरियामा ४० वटा स्यालो ट्युवेल निर्माण भएपछि १० बिघा भन्दा बढि जग्गामा सिंचाई हुने गरेको छ ।

प्रतिकृया

प्रतिकृया