प्रचण्ड खत्री , तुलसीुपर
९ – पुस / रुकुम पश्चिम आठबीसकोट नगरपालिका वडा नं. १० को कार्यालयमा आगजानी गरिएको छ । सोही नगरपालिकाको भ्याउनेमा रहेको कार्यालयका सामान अज्ञात समूहले बुधबार बिहान १ बजे तिर जलाईदिएको हो ।

कार्यालयमा रहेका कम्प्युटर, प्रिन्टर, क्यामेरालगायत सामान जलेका छन् । कार्यालयको सामग्री कोठाबाहिर निकालेर आगो लगाइएको प्रहरीले जनाएको छ । वडा कार्यालयको सामान जलिरहेको देखेपछि स्थानीयलाई प्रहरीलाई खबर गरेका थिए । फर्निचरको साथै तीन वर्षदेखिका सम्पूर्ण कागजात जलाइएको वडाध्यक्ष गंगाराम चनाराले जानकारी दिए ।

मंगलबार दिउँसो २ जना अपरिचित व्यक्ति वडा कार्यालय आएका थिए । वडा कार्यालयको सामग्री कसले र किन जलाएको हो भन्ने खुल्न नसकेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए ।

ADVERTISEMENT


  


 


प्रतिकृया

प्रतिकृया