घोराही,
२७-पुस /  सडक डिभिजन कार्यालय दाङका प्रमुख इन्जिनियर जितेन्द्रकुमार चौधरीलाई जिल्ला परिषद् नाम उल्लेख गरेको समुहले मोसो दल्नुका साथै जुत्ताको माला लगाएर दुव्र्यबहार गरेको छ ।

आज अपरान्ह ४ बजे तिर कार्यकक्षमा पुगेका चार पाँच जनाको समुहले इन्जिनियर चौधरीलाई साङलोले बाँधेर उक्त कालोमोसो दल्नुका साथै जुत्ताको माला लगाईदिइको पिडित चौधरीले बताएका छन ।

इन्जिनियर चौधरीलाई किन कार्वाही नगर्ने भन्दै १५ बुँदे कारणहरु लेखेको व्यानर समेत भेटिएको छ । अन्य कार्यकक्षमा बाहिरबाट चुकुल लगाएर आफुलाई ५ मिनेट नियन्त्रणमा लिई उक्त दुव्र्यबहार भएको सुरक्षा निकायलाई चौधरीले जानकारी गराएका छन ।

जिम्मेवारी अनुसार काम नगरि ढिलासुस्ती गरेको, ठेकेदार सँग मिलेर समयमै काम नगरेको, भ्रष्टाचार गरेको लगाएका १५ बुँदामा दुव्र्यबहार गर्नुको कारण लेखिएको छ । उक्त दुव्र्यबहारमा संलग्न भएकाहरुको पहिचान हुन सकेको छैन् ।

प्रतिकृया

प्रतिकृया