सल्यान,
२८-पुस / सल्यानमा भीरबाट लडेर एकै गाउँका दुई जनाको मृत्यु भएको छ । सल्यान दार्मा गाउँपालिकामा लडेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा दार्मा गाउँपालिका–४ मसिनेका ५५ वर्षीय दलबहादुर बोहरा र सर्सुखोलाका २४ वर्षीय गणेश रावत रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।

प्रहरीका अनुसार आज विहान ८ बजेतिर उक्त घटना भएको हो । बोहराको स्थानीय लाखुरेडाँडा र रावतको भैँसीटाकुरीबाट लडेर मृत्यु भएको उनले बताए । मदिरा सेवन गरेका कारण लडेर उनीहरुको मृत्यु भएको डिएसपी खतिवडाको भनाइ छ ।

प्रतिकृया

प्रतिकृया