तुलसीपुर
२९ पुस/ तुलसीपुर नगर जेसिजले दाङको तुलसीपुरका तीन वटा विद्यालयका ३० जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

तुलसीपुर ५ स्थित ज्ञानज्योति आधारभुत विद्यालयका १० जना, माबि दोघरेबाट १० र माबि बालापुरका १० जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।

तुलसीपुर नगर जेसिजले गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई उक्त कपडा वितरण गरेको अध्यक्ष मोहन सुनारले बताए ।‘अहिले गरीब भएकै कारण धेरै विद्यार्थीले न्यानो कपडा लगाउन पाएका हुदैनन्’ उनले भने‘ त्यसैले जाडोकै कारण उनीहरुको पढाई प्रभाबित नहोस भनेर यसरी सहयोग गरेका हौं ।’ जेसिजका सम्पूर्ण सदस्यहरुको खाजा खर्च कटाएर उक्त सहयोग गरिएको हो ।

तुलसीपुर नगर जेसिजका अध्यक्ष मोहन सुनारको अध्यक्षता तथा गोरखा माध्यामिक विद्यालय तुलसीपुरका एकाडेमिक डाईरेक्टर दुर्गा केसीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा प्रमुख अतिथि केसीले जेसिजको यो कार्य प्रशंसनीय रहेको समेत बताए । जेसिजका हरेक कार्यक्रमहरु सकारात्मक रहेको भन्दै यो कार्यलाई निरन्तरता दिनुपर्ने समेत बताए ।

तुलसीपुर ५ स्थित ज्ञानज्योति प्राबिमा भएको उक्त कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक उमा चौधरी, माबि बालापुरका निर्मला डिसीलगातले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा निवर्तमान अध्यक्ष, पूर्वध्यक्षलगायतको सहभागिता रहेको थियो । कार्यक्रम संयोजक सन्दिप भुषालले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण महासचिब केशबराज केसीले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया