लक्ष्मण बस्नेत,तुलसीपुर
४ माघ/ दाङको तुलसीपुरमा भएको खुला फुटसल प्रतियोगिताको उपाधी पब्लिक ज्ञानज्योतीले चुमेको छ । मुनाल युवा क्लब तुलसीपुर ४ रक्षाचौर दाङको आयोजनामा सञ्चालित प्रतियोगिताको फाईनल खेलमा स्काई सुर्खेतलाई पेनाल्टिमा शून्यका विरुद्ध २ गोल अन्तरले पाखा लगाउदै पब्लिक ज्ञानज्योती तुलसीपुरले उपाधी चुमेको हो । उपाधीसंगै उसले नगद ५० हजार पुरस्कार राशी तथा कप हात पा‍र्यो ।

उता फाइनलमा पराजित स्काई सुर्खेत उपबिजेतामा सीमित रहदै नगद २५ हजार पुरस्कार राशिमा चित्त बुझाउन बाध्य भयो । तुलसीपुर ६ स्थित द लेजेण्ड फुटसल ग्राउन्डमा उल्लेख्य दर्शककाबीचमा भएको कडा प्रतिस्पर्धात्मक र शानदार खेलको निर्धारित समय सिमा सम्म ४–४ गोलको बराबरी भएपछी खेलको नतिजा पेनाल्टी सुट आउटबाट निकालिएको हो ।

स्थानीय स्तरमा फुटसल खेलको पहँुच अभिवृद्धि गर्ने उद्देश्यकासाथ आयोजना गरिएको प्रतियोगितामा १३ टिमको सहभागिता रहेको थियो । खेल अबधिभर रेफ्रीको भुमिकामा एन्फा रेफ्री मोहन गौतम र आदेश केसी रहेका थिए ।

यसैबिच प्रतियोगिताको समापन समारोह प्रतियोगिताका संयोजक सुरज डागीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका युवा तथा खेलकुद समितिका संयोजक अमर नेपाली (माईकल) को प्रमुख आतिथ्य एवं तुलसीपुर उपमहानगरपालिका युवा तथा खेलकुद समितिका सदस्य तथा कार्यपालिका सदस्य दिपक कुमालको बिशिस्ट आतिथ्यमा भएको थियो ।

सो अबसरमा प्रतियोगिता अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ बेस्ट प्लेयर खेलाडी पब्लिक ज्ञानज्योतिका निशान डाँगी,बेस्ट डिफेन्स स्काई सुर्खेतका सुदिप गुरुङ र बेस्ट किप्पर मुनाल युवा क्लबका सुमन केसीलाई पुरस्कृत गरिएको प्रतियोगिताका सह संयोजक बिमल खड्काले जानकारी दिए । कार्यक्रमको सहजीकरण खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया