सुशीला ओली,घोराही
४ माघ/ ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले नेपालीहरुको कला संस्कृती र पहिचान नै संबृद्धीको आधार भएको बताएका छन् ।

मगर भाषा साहित्य तथा संस्कृती प्रतिष्ठान केन्द्रिय समिति दाङले शनिबार दाङको घोराहीमा आयोजना गरेको मगरात साँस्कृतीक भेषभुषा प्रतियोगितालाई सम्बोधन गर्दै मन्त्री पुनले नेपाल बहुजाजिय कला, संस्कृती पर्यटनको केन्द्र समेत भएको उल्लेख गरे ।

विभिन्न जातजातीको कला संस्कृती र अन्तर घुलनले नै नेपालीको विचमा आत्मियता बढाएको समेत बताए । बहुजातीको बहु कला संस्कृती नै देशको पहिचान भएको भन्दै उनले यसको संरक्षण र संबद्र्धन गर्न आबस्यक रहेको बताए ।

प्रतिष्ठानका अध्यक्ष किर्तीमान पुनको अध्यक्षतामा भएको कार्यक्रममा उनले एक अर्काको कला संस्कृतीलाई ग्रहण गर्ने र घुलमिलको पक्षले थप नेपालीपन प्रगाढ भएको उल्लेख गरे । नेपाली कला संस्कृतीलाई पर्यटन सँग जोड्दै समाज र देशलाई संबृद्ध बननाउनु पर्नेमा समेत आबस्यकता औल्याए । उनले यसवर्ष दाङ सहित ४० जिल्लामा विद्युतिकरण गर्न लागेको बताएका थिए ।

यसैविच उर्जा मन्त्री पुनले प्रतिष्ठानमा एक लाख रुपैयाँको अक्षकोष स्थापनाको घोषणा गरेका छन् । प्रतियोगितामा छात्र छात्रा गरेर १० जनाले सहभागिता जनाएका थिए । जसमा छात्र तर्फ सन्जोग वुढामगर प्रथम, निशान वुढा दृतिय प्रकाश पुन, रमेन वुढा र जेनिश रोका तृतिय स्थान हासिल गरेका छन । त्यस्तै छात्रा तर्फ संगिता रोका प्रथम, सपना वुढा दृतिय, प्रेमा रोका, माया वुढा र पुष्पा वुढा तृतिय भएको अध्यक्ष पुनले जानकारी दिएका छन् ।

जसको निणार्यकमा हरिमान पुन, टेमन वुढा र पुर्ण घर्ति रहेका थिए । अध्यक्ष पुनले मगरात साँस्कृतीक भेषभुषा प्रतियोगिता २०७० सालबाट निरन्तर रुपमा हरेक वर्ष सञ्चालन गर्दै आएको जानकारी गराएका थिए । सुरज बुढामगरको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण प्रकाश पुनले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया