घोराही,
४-माघ /  दाङ चेम्बर अफ कमर्सको आयोजनामा आगामी माघ १० देखि २२ गते सम्म घोराहीमा आयोजना गर्न थालिएको ‘नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रबद्र्धन व्यापारिक एवं कृषि औद्योगिक महोत्सव–२०७६’ मा स्थानीय उत्पादनलाई विशेष प्राथमिकता दिइने भएको छ ।

घरेलु उद्योग तथा स्थानीय कृषि उत्पादनका बस्तुलाई स्टलमा विशेष छुट दिइने स्टल बुकिङसमितिका संयोजक एवम् कोषाध्यक्ष विकास अग्रवालले जानकारी दिनुभयोे । ‘महोत्सव मार्फत स्थानीय उत्पादनको बजारिकण गर्ने हाम्रो उद्देश्य हो,’ उहाँले भन्नुभयो, ‘महोत्सवमा शहीद परिवार, एकल महिला, अपांगता भएका व्यक्तिहरुले उत्पादन गरेका बस्तु तथा व्यवसायलाई विशेष छुटको व्यवस्था गरिएको छ ।’

यसैबीच महोत्सव मूल आयोजक समितिले शनिवार घोराहीका किराना, कपडा, फेन्सी, प्लाष्टिक, बजार विक्री प्रतिनिधि संघमा आवद्ध व्यवसायीहरुसँग महोत्सव सफल बनाउन छलफल गरेको छ ।

महोत्सव मुल आयोजक समितिका संयोजक एवम् चेम्वर अफ कर्मश दाङका अध्यक्ष श्रीधर महराको अध्यक्षतामा बसेको बैठकमा व्यवसायीहरुले महोत्सवमा जिल्ला बाहिरका व्यवसायी नल्याउन सुझाव दिएका थिए । उनीहरुले महोत्सवमा दाङ जिल्लाकै आर्थिक गतिविधि बढाउने खालको कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औंल्याए ।

अध्यक्ष महराले स्थानीय उत्पादनको प्रवद्र्धनकै लागि महोत्सव आयोजना गरिएकाले बाहिरको उत्पादनलाई त्यति महत्व नदिइएको बताउनुभयो । उहाँले स्टलमा राखिने जुन सुकै व्यवसायीलाई पनि प्यान अनिवार्य गरिएको जानकारी दिए ।

महोत्सवको अर्थ तथा सास्कृतिक उपसमिति विस्तार
महोत्सव सफल पार्न कोषाध्यक्ष विकास अग्रवालको संयोजकत्वमा रहेको अर्थ उपसमितिलाई विस्तार गरिएको छ । उपसमितिको सदस्यमा राज राना, दिपेन्द्र श्रेष्ठ, भिजन घिमिरे, प्रमिला केसी, निरञ्जन श्रेष्ठ चयन हुनुभएको छ । त्यसैगरी नरबहादुर न्यौपानेको संयोजकत्वमा रहेको साँस्कृतिक तथा धार्मिक समितिमा सह–संयोजक प्रेम गौतम र सदस्यहरुमा देवकला बस्नेत, प्रेम शर्मा, सुरेश बुढा र रुद्र शर्मा रहेका छन ।

प्रतिकृया

प्रतिकृया