तुलसीपुर
५ माघ / तुलसीपुर उपमहानगरपालिकाले नगरप्रोफाईल सार्वजनिक गर्ने भएको छ । उपमहानगरपालिकाले विभिन्न विषयसँग सम्वन्धित ताजा तथ्यांक उपलब्ध गराउनका लागि तयार पारेको प्रोफाईलको मुख्यमन्त्री शंकर पोख्रेलले सार्वजनिक गर्ने नगरप्रमुख घनश्याम पाण्डेले वताए ।

८ गते मंगलवार उपमहानगरपालिकाको सभाहलमा हुने कार्यक्रममा यस क्षेत्रमा सञ्चालन भएका विभिन्न योजनाका वारेमा समेत विस्तृत रुपमा छलफल हुने पनि नगरप्रमुख पाण्डेले जानकारी दिएका छन् ।

यसैविच तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर वहुप्राविधिक शिक्षालय मेट्रो कलेजको पनि मुख्यमन्त्री पोख्रेलले उद्घाटन गर्ने भएका छन् । तुलसीपुरलाई प्राविधिक शिक्षाको केन्द्रका रुपमा स्थापना गर्नका लागि उपमहानगरपालिकाले यसै शैक्षिक सत्रबाट प्राविधिक शिक्षा सञ्चालन गरेको हो । तुलसीपुर १२ हरिपौरीमा रहेको शिक्षालयमा ८ वजे विहान ११ वजे उपस्थितिका लागि नगरप्रवक्ता श्याम डाँगीले सबैमा आग्रह गरेका छन् ।

ADVERTISEMENT


 


 


प्रतिकृया

प्रतिकृया