सुशीला ओली,घोराही
५ माघ/ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले मानव अधिकार कुण्ठित पार्न खोजेको आरोप लगाएका छन् । नेपाल मानव अधिकार संगठनको १४ औँ राष्ट्रिय सम्मेलनको आईतबार घोराहीमा उद्घाटन गर्दै यस्तो बताए ।

मानव अधिकार हनन्का घट्ना दिनप्रतिदिन बढ्दो रहेको अवस्थामा रहेको भन्दै यसमा सरकार गम्भीर बन्नुपर्ने समेत बताए । एउटा मानवले पाउनु पर्ने हक अधिकार अझै पनि सुनिश्चित हुन नसकेको भन्दै मानवका हकअधिकार सरकारले सुनिश्चित गर्न नसकेमा मुलुक समृद्धिको मार्गमा अघि बढ्न नसक्ने बताए ।

मानवलाई न्यूनतम मानवीय मर्यादा सहित हुर्कन, बाँच्न र जीवनयापन गर्नको लागि आवश्यक रहेको समेत उनले बताए । प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका देउबाले नयाँ कानुन मार्फत फेसबुक चलाउनेलाई समेत समस्यामा पार्न खोजेको समेत बताए ।

उनले संबिधान कार्यान्वयनकालागि विभिन्न कानुन निर्माण गर्नुपर्ने भन्दै सरकारले बहुमतको आडमा कानुन निर्माणलाई मिचेर लगेको बताए । स्वतन्त्र प्रेसबिना मानबअधिकारको रक्षा हुन नसक्ने भन्दै सभापति देउबाले सरकारले मिडिया काउन्सिल बिधेयक मार्फत् कानून निर्माणमा उद्दारता देखाउन नसकेको आरोप लगाए । पत्रकारका संघ संगठनले बिधेयकको बिरोध गरिरहेको भएपनि सरकारी तवरबाट लचकता नदेखिएको सभापति देउबाको भनाई थियो ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माको अध्यक्षता भएको कार्यक्रममा पुर्व सदस्य गोविन्द शर्मा, वेद पौडे्ल, पुर्व अध्यक्ष विजुल विश्वकर्मा, पुर्व अध्यक्ष कपिल क्षेष्ठ, काग्रेश नेता दिपक गिरी लगायतले मन्तब्य ब्यक्त गरेका थिए । राष्ट्रिय सम्मेलन दुई दिन सम्म चल्ने भएको छ ।

कार्यक्रममा भाग लिन मानव अधिकार संगठनका देशका ७७ जिल्लाबाट दुई जना प्रतिनिधि र एक जना परिवेक्षक आएको आयोजकले जनाएको छ । देशभरबाट करिब तीन सय मानव अधिकारकर्मीको सहभागिता रहने नेपाल मानव अधिकार सगठनका केन्द्रीय अध्यक्ष ईन्द्रप्रसाद अर्यालले बताए । दुई दिनसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएको छ । सम्मेलनको समापन सोमवार गरिने भएको छ ।

प्रतिकृया

प्रतिकृया