रोल्पा
५ माघ/ रोल्पामा जीप दुर्घटना हुँदा एक ब्यक्तिको मृत्यु भएको छ । आइतबार तुलसीपुरदेखि माडीको घोर्नेटी जाँदै गरेको मे १ ज १९१५ नम्बरको जीप त्रिवेणी गाउँपालिका–४ हृवापखोलामा दुर्घटनाग्रस्त भएका हो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार दिउँसो साढे १ बजे चिप्लो बाटोमा जीप पल्टिएको थियो ।जीपमा झुण्डिएर यात्रा गरिरहेका माडी गाउँपालिका–१ तुसारपानीका ३७ वर्षका मनसुर वलीको ज्यान गएको प्रहरीले बताएको छ ।

रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङका अनुसार जीपमा सवार १५ जनामध्ये २ जना घाइते भएका छन् । अन्य यात्रुहरु सकुसल छन् । प्रहरीले जीप चालक माडी–१ का हरि वलीलाई नियन्त्रणमा लिएको छ ।

प्रतिकृया

प्रतिकृया