प्रचण्ड खत्री  ,रुकुमपूर्व
१० – माघ / जिल्ला अस्पताल रुकुमपूर्वमा औषधि अभाव भएको छ । जिल्ला अस्पतालमा सामान्य खालको औषधि पनि पाउन नसक्दा उपचारका लागि आउने बिरामी समस्यामा परेका छन ।  जिल्लाको सिस्ने गाउँपालिका वडा नं ५ मा रहेको जिल्ला अस्पतालमा दैनिक ५० देखि ७० जनासम्म बिरामी आउने गर्दछन तर अस्पतालमा पुगेपछि आफूलाई आवश्यक औषधि नपाएर बिरामी निराश भएर निजी मेडिकल तिर स्थानीय बिरामी ओनसरी बिकले बताईन ।

गत वर्षको पुस ९ गते रुकुमपूर्वमा जिल्ला अस्पताल बनाउने घोषणा गरिएको थियो । अस्पतालको उद्घाटन गरियो तर जिल्ला अस्पतालबाट पाउनुपर्ने सेवा नपाएको भन्दै पुथाउत्तरगङ्गा गाउँपालिका वडा नं ७ की सुनिता पुनले गुनासो अस्पताल समक्ष गरिन । ७७ औं जिल्लाका रुपमा नयाँ स्थापना भएको रुकुमपूर्वमा गएको मंसिर ५ गते प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले जिल्ला अस्पतालको उद्घाटन गरेका थिए । जिल्ला अस्पताल उद्घाटन हुँदा स्वास्थ्य सम्बन्धिका सबै सेवा सुविधा जिल्लामै पाइने भयो भन्दै हर्षित भएका जिल्लावासी अहिले अस्पतालमा सामान्य औषधि समेत नपाउँदा रित्तो हात फर्कन बाध्य भएको स्थानीयले बताएका छन ।

अस्पतालमा औषधि अभाव भएपछि आएका बिरामीलाई जाँच गर्दै पठाउँदै गर्ने गरेको जिल्ला अस्पताल रुकुमपूर्वका प्रमुख डा. राजेन्द्र जिसीले बताए । स्वास्थ्य चौकीको भवनबाटै जिल्ला अस्पतालको सेवा प्रदान गरिरहेको र त्यसैमा पनि औषधि अभाव हुँदा बिरामीको उपचारमा समस्या भइरहेको उनले बताए ।

ADVERTISEMENT


 


 


‘औषधि खरिदका लागि छुट्याइएको रु ३०–३२ लाख बजेट प्राविधिक गडबढीका कारण भवन निर्माणका लागि भनेर आएको थियो, जसले गर्दा क्लोनिकाले रकम निकासा गरिदिएन’, डाक्टर जिसीले भने, ‘अहिले त्यो रकम निकासाका लागि शीर्षक सच्याएर आएको छु, तर त्यति रकमको औषधिले पनि पुग्दैन ।’ अस्पातालमा ५० प्रतिशत औषधि अभाव रहेको उनको भनाइ छ । स्वास्थ्य चौकीमा पाइने खालका केही औषधि अस्पतालमा छन, तर सुई, बच्चालाई खुवाउने झोल औषधि, स्लाइन चराउने बोतल लगायतका औषधि नभएको उनले बताए । त्यसैगरी आइरन, कोट्रिन र सिप्रो औषधि भने आवश्यकताभन्दा २५ प्रतिशत बढी स्टक रहेको उनले बताए ।

आवश्यक उपकरण प्रदेश सरकार र स्थानीय तहले उपलब्ध गराएका छन । विद्युत नहुँदा उपकरण प्रयोगमा आउन नसकेको जिल्ला अस्पतालले जनाएको छ । विद्युत आउँदै नआउने आएपनि कम क्षमताको आउने गरेकाले भिडियो एक्स–रे, एक्स–रे लगायतका मेसिन चल्न नसकेर थन्किएको उनले बताए । अस्पतालमा जेनेरेटर भए पनि इन्धन अभावका कारण नियमित सञ्चालनमा ल्याउन नसेको अस्पतालले जनाएको छ । डाक्टर जिसीका अनुसार जिल्ला अस्पतालमा एउटा डिजिटल एक्स–रे छ, तर त्यसै थन्किएको छ । भवन अभावकै कारण डिजिटल एक्स–रे सञ्चालनमा आउन नसकेको बताइएको छ ।

अहिले सम्म जिल्ला अस्पतालमा शल्यक्रिया कक्ष पनि

प्रतिकृया

प्रतिकृया