तुलसीपुर,
१६ – माघ / अज्ञात समूहले सल्यान कपुरकोटको एक वडा कार्यालमा आगजनी गरेको छ्न । कपुरकोट गाउपालिका वडा नं. ५ को कार्यालयमा बुधबार राति आगजनी गरेको वडाध्यक्ष यमकुमार बस्नेतले जानकारी दिए । रिमको शितल बजार नजिक रहेको वडा कार्यालयमा ढोकाको ताला फोडेर भित्र पसि सम्पुर्ण कोठामा आगजनी गरेको पाइएको उनले जनाए ।

आगलागीबाट वडा कार्यालयमा रहेका सम्पुर्ण कागजात र सामग्रीहरु जलेर नष्ट भएका छन् । विहिबार बिहान १० बजेतिर कार्यालय खोल्दा मात्रै आगलागी बारे थाहा भएको कार्यालय सहयोगी पदम बहादुर बिकले बताए । वडा कार्यालयमा आगो लगाउने समुहले एउटा ल्यापटप चोरेर लगेको बताइएको छ ।

पञ्जिकरणका सम्पुर्ण श्रेष्ता सहितका महत्वपूर्ण जागजातहरु, डेक्स्टप कम्प्युटर एक थान, प्रिन्टर एक थान, सोफा सेट २ थान, घुम्ने कुर्सी ५ वटा, टेबुल ६ वटा, कार्पेट, पर्दा, ईन्टरनेट सम्बन्धी सामग्री, २ वटा दराज लगायतका सामग्री पूर्णरुपमा जलेको वडा अध्यक्ष बस्नेतले बताए । पेट्रोल लिएका बोतल पनि भेटिएको उनले जनाए । यस बिषमा अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

ADVERTISEMENT


 


 


प्रतिकृया

प्रतिकृया