शरद रेग्मी,  तुलसीपुर
१८-माघ /  तुलसीपुर महोत्सवमा शनिबार दर्शकको भीड थियो । शनिबारको समयमा सबै कार्यालय पनि विदा हुने र चर्चित कलाकारहरु पनि आएकाले महोत्सवमा दर्शकहरुको भीड थियो ।

दिलिप रायमाझीको उपस्थितिले झनै महोत्सव क्षेत्र भरिभराउ भएको थियो । नायक रायमाझीको प्रस्तुती हेर्नका लागि लामो समयसम्म पर्खि बसेका दर्शकहरु उनको स्टेज आगमनसंगै निकै उत्साहित बनेका थिए । नायक रायमाझी मोडल आरुषी मगरसंग उत्कृष्ट नृत्य प्रस्तुत गरेका थिए ।

मायाँले बाध्यो हे रेशक लगायतका गीतहरुमा पस्किएका नायक रायमाझीको प्रस्तुतीमा दर्शकहरुले नाचेरै साथ दिएका थिए । यसैगरि शनिवार महोत्सवका अर्का आकर्षक बनेका लोक गायक कुलेन्द्र बिक । सालको पातको टपरी गीत गाउँ दर्शकहरुको मास उर्लिएको थियो । उनको प्रस्तुतीमा अनियन्त्रित बनेको महोत्सवको मास सम्हाल्न हम्मे–हम्मे परेको थियो । उनले नजाउ हैन सानु पँधेरीमा लगायका गीतहरु गाएका थिए ।

ADVERTISEMENT


 


 


यस्तै गायीक ऋतु कँडेलले बाँझो खेतमा बोलको गीत गाउँदा दर्शकहरुले साथ दिएका थिए । यसैगरि गायक तथा पत्रकार देवेन्द्र बस्नेतले स्वर्गीय गायक मधुवाबु थापाको सम्झनामा उनकै गीत मायाँ पिरिम नजिक भयो बोलको थारु गीत गाएका थिए । यसैगरि चिल बस्यो टुपैमा, कान्छीको जवानीले बोलको गीत पनि गायक बस्नेतले पस्केका थिए । यसैगरी शनिवार हाँस्यकलाकार तथा गायक पिताम्बर रिजाल, टोपेन्द्र बिष्ट लगायतले प्रस्तुती राखेका थिए । महोत्सवमा शनिवार दर्शकहरुको अत्यधिक भिड रह्यो । दर्शकहरुलाई महोत्सव स्थल प्रवेश गर्न हम्मे हम्मे भएपछि दुइवटा प्रवेशद्धारबाट टिकट खुल्ला गरिएको थियो ।

भिडभाडको व्यवस्थापन गर्न आयोजक समितिले दुइस्थानबाट टिकट व्यवस्थापन गरिएको छ । तैपनि महोत्वसमा आउनेहरुलाइ सहज व्यवस्थापन हुन मुस्किल थियो । धेरै भिडभाड संहाल्न आयोजकलाइ धेरै अभ्यास गर्नुपरेको थियो । त्यसैले आजदेखि दुइवटा प्रवेशद्धार बनाइएको छ ।

दाङको तुलसीपुरमा जारि महोत्सवमा शनिवार चर्चित कलाकारहरु को अभिव्यक्तिले सांच्चै तुलसीपुर प्रदेश राजधानी, सांगितिक राजधान, हवाइ ट्रान्जिट लगायतका सवै विषय उक्लिएका छन् । महोत्सवमा आईतवार गायिका कोमल ओली,हाँस्यकलाकार भटभटे माईला, गायक शक्ति चन्द,गायिका अनु गुरुङ, गायक ततथा हाँस्य कलाकार मनिष खड्का,मोडेल सरिस्मा मगर,गायिका प्रेरणा पाण्डे लगाएतको प्रस्तुती रहने सञ्चार संयोजक शरद रेग्मीले जानकारी दिएका छन् ।

प्रतिकृया

प्रतिकृया