मेगमन बुढा, लमही
१९-माघ /  दाङको लमही अस्पतालमा ल्याव सेवा शुरु भएको छ । अस्पतालमा शुरु भएको जिन एक्सपोर्ट ल्याव सेवाका आईतबार प्रदेश नं. ५ का प्रदेशसभा सदस्य रेवतीरमण शर्माले उद्घाटन गरेका हुन् । अहिले अत्याधुनिक ल्याब सेवा शुरु भएको भन्दै यसको प्रभाबकारी प्रयोगमा ध्यान दिनुपर्ने सांसद शर्माले बताए ।

यो सेवा शुरु भएसंगै लमहीमा क्षयरोगलगायतका बिरामीहरुले ल्याब ल्याब सेवा लिनकालागि बाहिर जानुपर्ने अबस्था नरहने उनको भनाई छ । ‘ यस अघि ल्याब सेवा लिनकालागि बुटवल, घोराहीलगायतका स्थानमा जानुपर्ने अबस्था थियो’ उनले भने ‘अब ल्याब सेवा शुरु भएसंगै लमहीमै सेवा लिन पाईन्छ ।’

पन्ध्र शैय्याको अस्पताल रहेको उक्त अस्पतालमा आगामी दिनमा थप सेवा विस्तार गर्दै जाने समेत बताए । सेवा शुरु भएसंगै देउखुरी क्षेत्रमा रहेका सम्पूर्ण क्षयरोगका विरामीहरुले अब लमही अस्पतालबाट सेवा लिन पाउने लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले बताए ।

ADVERTISEMENT


 


 


जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख सुनिता पौडेलले दाङको दुईवटा अस्पतालमामात्रै जिन एक्सपोट सेवा शुरु हुन दाङकोलागि गौरवको बिषय भएको बताईन् । अब उक्त ल्याब मेसिनलाई मेशिनलाइ अस्पतालले दिगोपन दिन आवश्यक रहेको बताईन् ।

लमही प्राथमिक स्वास्थ्य केन्द्र हुँदा डड्स सेवा शुरु भएको र अहिले जिन एक्सपोर्ट ल्याब सेवा शुरु भएको छ ।

प्रतिकृया

प्रतिकृया