तुलसीपुर,
२४ – माघ / प्रदेश नं. ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले विद्यालयले अतिरिक्त क्रियाकलापमा ध्यान दिनुपर्ने बताएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ स्थित सहीद स्मृति आवासिय माध्यामिक विद्यालयमा शुरु भएको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री केसीले घोकन्ते शिक्षा मात्रै नभई विद्यार्थीलाई अतिरिक्त क्रियाकलापको पनि आबश्यक पर्ने बताए ।
‘विद्यार्थीहरुलाई घोकन्ते शिक्षा दिएर मात्रै हुँदैन्, हामीले व्यबहारिक शिक्षा, अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिनुपर्छ’ उनले भने‘ यसमा विद्यालयले ध्यान दिनुपर्छ ।’ यस्ता खेलकुदले विद्यालयको शिक्षामा पनि प्रभाब पर्ने समेत बताए । साथै खेल शुरु हुनुपूर्व विद्यालयहरुले प्रदर्शन गरेको मार्चपासले विद्यालयको बर्तमान अबस्था देखाउने भन्दै मन्त्री केसीले मार्चपासमा कम्जोर भएका विद्यालयहरुले अतिरिक्त क्रियाकलापमा ध्यान नदिएको देखाउने बताए । यसतर्फ पनि विद्यालयले ध्यान दिनुपर्ने बताए ।
विद्यालय स्तरीय प्रतियोगिता भनेको एक विद्यालयले गरेका राम्रा कामको सिकाई अर्को विद्यालयले गर्नुपर्ने समेत बताए । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा कार्यक्रम भएको हो । तुलसीपुर उपमहानगरपालिका युवा तथा खेलकुद विकास समितिका संयोजक अमर नेपाली‘माईकल’ले स्वागत मन्तब्य ब्यक्त गरेका थिए, भने सहजीकरण विद्यालयका प्रधानाध्यापक नारायण पौडेलले गरेका थिए । तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा भएको प्रतियोगिता तीन दिनसम्म चल्ने छ ।
प्रतियोगिता २४, २५ र २६ गते चल्ने छ । कक्षा १२सम्म अध्ययनगर्ने १८ वर्षसम्मका छात्र छात्राहरुले सहभागिता जनाउने प्रतियोगितामा भलिबल, कबड्डी, एक सय मिटर रिले र चार सय मिटर रिले खेल आयोजनागरिएको छ । प्रतियोगितामा तुलसीपुरका ३० वटा सामुदायिक तथा निजि विदालयले सहभागिता जनाएका छन् । प्रत्येक खेलमा प्रथम र द्वितिय स्थानहासिल गर्ने खेलाडीहरु जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउनेछन् ।