तुलसीपुर,
२४-माघ /  प्यावसन तुलसीपुरको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार तुलसीपुरमा छात्र र छात्रा बक्तृत्वकला प्रतियोगिता भएको हो ।

प्रतियोगितामा छात्र तर्फ तुलसी आवासीय माविका विमल केसी प्रथम, लिटिल हेभन माविका शुरेश रावत द्धितिय र गोरखा माबिका लक्ष्मीप्रसाद शर्मा तृतिय भएका छन् ।
त्यस्तै छात्रातर्फ गोरखा माबि तुलसीपुरका बेनिसा बस्नेत प्रथम भएका छन् । त्यस्तै ग्रेट अरणीको माविका स्वस्तिमा पराजुली द्धितिय र तुलसी आवासिय माबिका प्रशंसा केसी तृतिय भएका छन् ।
प्यावसन तुलसीपुरका अध्यक्ष गिरीराज डाँगीको अध्यक्षता तथा निवर्तमान केन्द्रीय सदस्य लम्बोधर लामिछानेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

सदस्य कमल सापकोटाले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा बक्ताहरुले राज्यले निजि विद्यालयलाई सौतेनी व्यबहार गर्ने गरेको गुनासो गरेका थिए ।

कार्यक्रममा प्यावसन तुलसीपुरका सल्लाहकार मानबहादुर बस्नेत, प्यावसन दाङका उपाध्यक्ष बिजय जिएम, नोभेक्स कलेजका प्रमुख यमकान्त खरेललगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सचिब बिष्णु योगीले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया