लक्ष्मण बस्नेत, तुलसीपुर
 २७-माघ /  तुलसीपुर उपमहानगरपालिका स्तरिय दोस्रो तथा १२ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ को उपाधी गोरखा मा.बि तुलसीपुरले हात पारेको छ ।

तुलसीपुर उपमहानगरपालिकाको आयोजना तथा सहिद स्मृति आबासिय बिधालय तुलसीपुर-१७ बनकट्टीको संयोजनमा संचालित प्रतियोगिताको सोमबार सम्पन्न प्रतियोगितामा कुल १३ स्वर्ण, ५ रजत र ३ कास्य पदक हात पार्दै लगातार ४ बर्ष जित कब्जा गर्दै गोरखा मा.बि तुलसीपुरले उपाधी चुम्न सफल भएको हो ।

त्यस्तै ज्ञानज्योती सेकेण्डरी स्कुल तुलसीपुर ६ स्वर्ण, १० रजत र ६ कास्य पदकका साथ दोस्रो स्थान हात पार्दा महेन्द्र माबी तुलसीपुर ३ स्वर्ण, १ रजत र २ कास्य पदकका साथ तृतिय भयो  ।

ADVERTISEMENT


 


 


त्यस्तै गुरुजजुर मा.बि रक्षाचौर २ स्वर्ण, ३ रजत र ४ कास्य पदक सहित सान्त्वना स्थान हात पार्न सफल भएको प्रतियोगिताका सचिवालय सदस्य बालकृष्ण शाहले जानकारी दिएका छन ।

यसैबिच प्रतियोगिताको समापन समारोह तुलसीपुर उपमहानगरपालिकाका उपमेयर माया आचार्यको अध्यक्षता तथा शिक्षा मन्त्रीका प्रमुख राजनितिक सल्लाहकार जीवन गौतमको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रमको संचालन प्रतियोगिताको संयोजनको जिम्मा पाएका बिधालयका प्रधानाध्यापक नारायण पौडेलले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया